Loading... आजः ८ बैशाख २०८१, शनिबार

चरी जेलैमा गित १३ दिनमै एक कराेड भ्युज

चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक ‘चरी जेलैमा’ तीज गीतले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो ।

 योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।

गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि.क.ले दर्शकलाई धन्यवाद दिदै खुशी साटेका छन् ।

शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ । यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पीँडाल’ विष्णुका यसअघि करोड बढी हेरिएका गीतहरु रहेका छन् ।