Loading... आजः २ बैशाख २०८१, आईतवार

देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाउने निर्णय

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागू गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरिएको सामाजिक सुरक्षा भत्ता मासिक रूपमा लागू गर्ने निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आर्थिक वर्ष ०७८/०७९ को बजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।’