Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

रास्काेट अस्पताललाई दिलबहादुरकाे सहयाेग

कालिकाट– समाजसेवी दिलबहादुर कठायतले रास्काेट अस्पताललाई सहयाेग गरेका छन् । जिल्लाकाे सान्नीत्रिवेणी गाउपालिका निवासी हाल चिनमा व्यवसाय गर्दै आएका समाजसेवी युवा व्यवसायि कठायतले रास्काेट अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर मेशिन सहयाेग गरेका हुन् ।

उनले सहयाेग गरेका पाँच वटा मेशिनहरु उनका भाइ केशब कठायतले रास्काेट नगरपालिका प्रमुख कासीचन्द्र बराललाई बिहिबार हस्तान्त्रण गरेका छन् । कर्णालीकाे दुर्गम गाँउमा जन्मिएर चिनमा व्यवसाय गर्दै आएका समाजसेवी कठायतले काेराेनाकाे जाेखिमका बेला नागरिकहरुकाे उपचारमा सहजता हाेस भन्ने उद्देश्यले कर्णाली प्रदेश अस्पताल, कालिकाेट जिल्ला अस्पताल, सान्नीत्रिवेणी गाँउपालिका, पचालझरना गाँउपालिका स्वास्थ्य शाखा र रास्काेट अस्पताललाई अक्सिजन कन्सनटेटर मेशिन सहयाेग गरेकाे बताए ।

उनका अनुसार कर्णाली प्रदेश अस्पताललाई १५, कालिकाेट जिल्ला अस्पताललाई १० र अन्य तीन पालिकालाई ५/५ वटा अक्सिजन कन्सनटेटर मेशिन सहयाेग गरिएकाे छ । रास्काेट नगरपालिका प्रमुख कासीचन्द्र बरालले रास्काेट अस्पताललाई सहयाेग गर्ने समाजसेवी कठायत दाजुभाईलाई धन्यबाद दिए । मेशिन हस्तान्त्रण कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्ट, नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष बिस्नप्रसाद न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।


error: Content is protected !!