Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

सुन्दरताले भरियकाे कर्णालीकाे एक टुक्रा

कालिकोट – सुन्दरताले मनमा अनेकौं थरिका रंग भर्छ, सुन्दरताले नै दुःख पीडा भुलाउँछ,मन शान्त र सुमधुर बनाउँछ,कालिकोट सुन्दरताले भरिपूर्ण जिल्ला हो। यहाँ धेरै थोक छ । तर, यहाँ अझै पर्यटनको विकास सोचेजसरी हुन सकेको छैन ।

​कालिकोटको सुन्दरताको वर्णन गर्न सकिदैन,स्वस्थ हावा पानी,रमणीय वातावरण,कर्णली नदि  कालिकोटका सुन्दर ठाउँ पुगेकालाई लाग्छ, मृत्यु अघि नै स्वर्ग पुगियो,यसर्थ कालिकोटलाई स्वर्गको एक ठाउँका रुपमा पनि लिइन्छ । ​

कालिकोटमा हिउँ पर्दाको बखत त झन् साच्चै सुन्दर हुन्छ,यस्तैले गर्दा कालिकोटको सुन्दरतालाई धेरैले स्वर्ग लुकेको ठाउँका रुपमा लिन्छन् । अहिले कालिकोटमा सबैको ढुक्क,ढुकी बनेको छ,पचालझरना अहिले पनि पर्यटकको नजरमा त्यति पुग्न सकेको छैन । दक्षिण एसियाकै अग्लो झरना भएपनि कालिकोटमा पर्यटक पुग्न सकेका छैनन ।

प्राकृतिक कुराले सबैलाई कालिकोटले मोहित पारेको छ । कालिकोटको जडिबुटी र स्याउको बगैँचाले पनि यसलाई मौलिक उत्पादनले भरिएको जिल्लाको रुपमा बुझ्न सकिन्छ । कालिकोटमा हिमाल,पचाल झरना हेर्दा यसको छुट्टै संसार छ । छुट्टै अस्तित्व छ । ​

सुन्दरताले भरिपूर्ण कालिकोट जिल्ला पनि एक हो यहाँको सुन्दरता र चिसो हावा पानीको सुन्दरता हामी शब्दमा उतार्न सक्दैनौँ । विकासका कारणले पछि परेको देखिन्छ । तर प्राकृतिक कारणले कालिकोट धेरै अगाडि छ ।

कालिकोट भौगोलिक हिसाबले विकट छ । तर यहाँको सुन्दरता र स्वस्थ वातावरणले सबै पिडा, दुःखलाई बिर्साउँछ । वरिपरि पहाड पहाडैको बिचको डाँडामा कालिकोटको सदरमुकाम मान्म छ । यस्तो बजार निकै थोरे ठाउँमा देखिन्छ । सानो बजार हेर्दा कुनै सहरभन्दा कम छैन । पानी पर्दा होस् घाम पर्दा । कालिकोटको मान्म आफैमा फरक छ । कर्णालीप्रेसबाट


error: Content is protected !!