Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

कर्णालीमा आत्महत्या विकराल बन्दै

सुर्खेत- कोरोनाभाइरस (कोभिड–१९)को प्रकोपले हरेक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोरोना भाइरसका कारण कतिपयले गर्न चाहेका र सोचेका काम गर्न पाएनन्  । आफ्नो नियमित दिनचर्यामा अभ्यस्त मान्छे कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण घरमै थुनिएर  बस्नु परेकाे छ । घरमै बिनाकाम समय बस्नुपर्दा अर्को तनाव थपियो ।

आफ्नो भविष्य खोज्न तम्सिएकाहरु घरमै खाली बस्नुपर्दा चिन्ता हुनु, शारीरिक छटपटी, हृदयगति बढ्नु, उकुसमुकुस, स्मरणशक्तिमा कमी र पर्याप्त निन्द्रा नलाग्नुजस्ता मानसिक समस्याहरु बल्झिए । जसका कारण धेरैले मानसिक समस्याका कारण गत आर्थिक वर्षमा आत्महत्याको बाटो रोजेको देखिन्छ ।

कर्णालीमा पहिलो पटक ०७७ जेठ ५ गते दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको थियो । त्यसयता गत असार ३१  गते (एक वर्ष) सम्म कोरोना संक्रमणका कारण ३३९ जनाले ज्यान गुमाएका छन् ।

तर प्रदेशममा उक्त अवधिमा ३६२ जनाले आत्महत्या गरेका छन् । मानवीय क्षतिका आधारमा कोरोनाभन्दा पनि आत्महत्या भयावह देखिएको हो ।

तुलनात्मक रुपमा सुर्खेतमा आत्महत्ययाका कारणभन्दा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या धेरै भए पनि अन्य जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढी छ । 

विगतमा कर्णालीमा आत्महत्या न्यूनीकरणका लागि खासै गतिविधि भएको पाइँदैन । यद्यपि, चालु आर्थिक वर्षदेखि भने एकीकृत नीतिमा जोड दिइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले एकीकृत नीतिमा जोड दिने बताएको थियो ।

यता प्रदेश सरकारले पनि  मनोपरामर्श तालिम दिने गरेको छ । सामाजिक विकास मन्त्रालयले एक वर्षको अवधिमा साढे ३ सय बढीलाई यो तालिममा समावेश गरेको जनाएको छ ।

यस्तै जाजरकोट, सुर्खेत र सल्यानका एकसय २० जना नागरिकलाई कोरोनासँग सम्बन्धित प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा १७ जना नागरिकलाई मानसिक स्वास्थ्य तालिम दिइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाही बताउँछन् ।

 आत्महत्या र कोरोनाबाट भएको मानवीय क्षतिको तथ्याङ्क


error: Content is protected !!