Loading... आजः २ बैशाख २०८१, आईतवार

नेपाली काँग्रेस कालिकाेटकाे सचिबमा सिंहकाे उम्मेद्वारी

कालिकाेट-नेपाली काँग्रेस कालिकाेटका युवा नेता पुर्णबहादुर सिंहले आफ्नाे उम्मेद्वारी घाेषणा गरेका छन् । युवा पुष्ताका लाेकप्रिय नेता सिंहले आगामी जिल्ला अधिबेशनमा नेपाली काँग्रेस कालिकाेटकाे सचिवमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका हुन् ।

उनले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुकाे सल्लाह अनुसार जिल्ला सचिवमा उम्मेद्वारी घाेषणा गरेकाे बताए । उनले भने, मेराे उम्मेद्वारी नेपाली काँग्रेसकाे संगठन मजभुत गरी पाटीलाई संसदिय निर्बाचनमा बिजयी गराउन हाे । काँग्रेसमा अग्रज नेताकाे सम्मान, युवा पुष्तालाई प्राेत्शाहन गर्नु आबश्यक छ । उनले थपे, भ्रष्ट्राचारी कम्युनिष्टका गलत काम र झुटा सपनाका कारण आम नागरिकहरु राजनीति प्रति आजित छन् ।

हामीले नागरिकका भावना र सपनालाई साकार पार्नु पर्छ । जनताकाे मन मुटुमा काँग्रेस छ । काँग्रेस जनताकाे माझमा छ । जनताकाे मनमा छ । हाम्रा कामले पनि जनमैत्री काँग्रेस बनाउनु पर्छ । उनले अब काँग्रेसमा पनि आम नेता तथा कार्यकर्ताकाे कुशल व्यवस्थापन र नागरिक आकर्षित हुने नेतृत्व ल्याउनु आजकाे आबश्यकता रहेकाे बताएका छन् । आफुले सधै पाटी, काँग्रेसजन र आम नागरिककाे हितमा काम गर्ने प्रतिबद्वता जनाए । उनले आफू आम काँग्रेस क्षेत्रीय प्रतिनिधिहरुकाे भारी मतले सचिवमा बिजयी हुनेमा बिस्वस्त रहेकाे बताए ।