Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

नेपाली काँग्रेस कालिकाेटकाे उपसभापतीमा नेता शाहीकाे उम्मेद्वारी

कालिकाेट – नेपाली काँग्रेस कालिकाेटका युवा नेता कटकबहादुर शाहीले आफ्नाे उम्मेद्वारी घाेषणा गरेका छन् । युवा पुष्ताका लाेकप्रिय नेता शाहीले आगामी जिल्ला अधिबेशनमा नेपाली काँग्रेस कालिकाेटकाे उपसभापतीमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका हुन् ।

नेपाली काँग्रेसकाे २०७२ सालमा भएकाे अधिवेशनमा पाैडेल समुहबाट काेषाध्यक्षकाे उम्मेद्वार भएका शाही आगामी अधिवेशनमा उपसभापती भिड्ने तयारीमा जुटेकाे बताएका छन् । उनले काँग्रेसका नेता तथा कार्यकर्ताहरुकाे सल्लाह अनुसार जिल्ला उपसभापतीमा उम्मेद्वारी घाेषणा गरेकाे बताए । उनले भने, मेराे उम्मेद्वारी नेपाली काँग्रेसकाे संगठन मजभुत गरी पाटीलाई सुदृढ र एकताबद्व बनाउन हाे ।

काँग्रेसमा अग्रज नेताकाे सम्मान, युवा पुष्तालाई प्राेत्शाहन गर्नु अहिलेकाे आबश्यक छ । भ्रष्ट्राचारी कम्युनिष्टका गलत काम र झुटा सपनाका कारण आम नागरिकहरु राजनीति प्रति आजित छन् । हामीले नागरिकका भावना र सपनालाई साकार पार्नु पर्छ । जनताकाे मन मुटुमा काँग्रेस छ । काँग्रेस जनताकाे माझमा छ । जनताकाे मनमा छ उनले अब काँग्रेसमा पनि आम नेता तथा कार्यकर्ताकाे कुशल व्यवस्थापन र नागरिक आकर्षित हुने नेतृत्व ल्याउनु आजकाे आबश्यकता रहेकाे बताएका छन् । नेबिसंघ, तरुण दल पुर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य समेत भईसकेका नेता शाहीले आगामी जिल्ला अधिवेशनमा आफुलाई सबै प्रतिनिधिहरुले उपसभापतीमा भारी बहुमतले बिजयी गराउने दाबी गरेका छन् ।


error: Content is protected !!