Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

मुख्यमन्त्रीद्धारा अक्सिजन प्लान्ट उद्घाटन

कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । केही समय अघिदेखी अस्पतालमा जडान गरि राखिएको प्लान्ट कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारीक रुपमा उद्घाटन गरेका हुन ।

स्वास्थ्य सेवा कार्यालयका नि. स्वास्थ्य सेवा व्यवस्थापक रत्नबिर सुनारको अध्यक्षता, मुख्यमन्त्री शाहीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिकाका मेयर जसिप्रसाद पाण्डेको विषेश आतिथ्यता, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको आतिथ्यताका अक्सिजन प्लान्टको औपचारीक रुपमा उद्घाटन गरिएको थियो ।

उद्द्धाटन गर्दै मुख्यमन्त्री शाहीले अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताए । जिल्लाकै मात्र नभई भौतिक संरचना निर्माण भइरहेकोले, जनशक्ती र औजार उपकरणमा कमि हुन नदिने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र खाँडाचक्रका मेयर, पचालझरनाका अध्यक्ष र नेकपा माओवादीका महिला नेतृ गंगा खड्काले कालिकोटमा अक्सिजन प्लान्ट जडान हुनुले कालिकोटवासी लाई सुखद र गौरवको कुरा भएका बताएका थिए ।

कोरोना महामारी र अस्पतालको अनिर्वाय अक्सिजन आवश्यक भइरहने भएकाले कर्णाली जिल्लामा अक्सिजन प्लान्ट जडान गरेको डाक्टर रत्नबिर सुनारले बताएका थिए ।अव अक्सिजनको भावमा कसैको ज्यान नजाने र अक्सिजन प्लान अन्य जिल्लामा पनी दिन सकिने सुनारले बताए । कार्यक्रमा जनस्वाथ्य अधिकृत कटक महतले कालिकोटमा अक्सिजन प्लान्ट जडान हुनुमा आफ्नो महत्वपुर्ण मेहनत र प्रदेश सरकारलाई धन्यवाद दिएका थिए ।


error: Content is protected !!