Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

नेपाली काँग्रेस कालिकाेटकाे सचिवमा युवा नेता मल्लकाे उम्मेदवारी घोषणा

कालिकोट — नेपाली कांग्रेसका युवा नेता भरतबहादुर मल्लले नेपाली कांग्रेसको ७ औँ जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । युवा नेता मल्लले पार्टी सचिवमा आफ्नो बलियो उम्मेदवारी रहेकाे बताएका हुन ।

१५ वर्ष देखी आफ्नो पार्टीमा क्रियाशिल्ता र नेपाली कांग्रेस पार्टीमा आफ्नो अग्रज पारिवारिक लगानीलाई यस पटक पार्टीले सम्वोधन गर्ने विश्वास गर्दै १५ असोज १५ गते हुने जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी सचिवमा रहने बताए ।
अग्रज नेताहरुको सम्मान गर्दै युवाहरुको आवाजलाई सम्वोधन गर्ने उदेश्यका साथ पार्टीलाई व्यक्ती केन्द्रित होइन पार्टीलाई अब्बल दर्जाका साथ अगाढी बढाउने योजनाका साथ मेरो उम्मेदवारी रहने छ । पार्टी भित्रको महारोग मानिएको चरम गुटबन्दीको अन्त्य गर्न अवको अधिवेशनमा युवाको पार्टीमा आवश्यकता रहेको उनले बताए ।

पार्टीको नितिगत प्रतिरक्षा समितिका केन्द्रिय विज्ञ समेत रहेका मल्लको राजनिति लगानी विद्यार्थी कालदेखी काठमाण्डौ कालिकोट सम्पर्क मञ्चकाे जिम्मेवारीमा रहदै आएका छन ।
आफु कुनैपनी गुटको राजनिति नभइ सिंगो पार्टीको हितको लागी सचिवमा उम्मेदवारी रहने बताए ।

पार्टीमा सामान्य पार्टीभित्र समुह भएपनी अन्तत गुटकै कारण पार्टीलाई कमजोर बनाउने शक्तीका विरुद्ध आफ्नो पार्टीमा जिम्मेवार पदमा रहेर काम गर्ने बताए ।

नेविसंघको केन्द्रिय कमिटिमा ३ भोटले पराजय भएका मल्ल २०६४ सालमा ताहाचाल क्याम्पसमा इकाई सभापती भई २०६७ सालमा काठमाण्डौ कालिकोट सम्र्पक मञ्चको अध्यक्ष रहेका थिए ।

खाँडाचक्र नगरपालिका पाखा सेराबाडामा जन्मिएका मल्ल युवापुस्ताको राजनिति बागडोर सम्हाल्ने योजनाका साथ अगाढी बढेका छन ।

मल्ल देउवा समुहबाट सचिव पद्मा लड्ने देखिन्छ । युवा नेता मल्लका बुवा पदमबहादुर मल्ल शिक्षकको राजनितिमा क्रियाशिल रही देउवा गुटमा सक्रिय देखिन्छन ।


error: Content is protected !!