Loading... आजः २ बैशाख २०८१, आईतवार

काँग्रेस संस्थापक नेता कोईरालाको कालिकोटमा स्वागत

कालिकोट – नेपाली काँग्रेस कालिकोटका संस्थापक नेता लक्ष्मीप्रसाद कोईरालालाई कालिकोटमा भव्य स्वागत गरिएको छ । नेपाली काँग्रेस कालिकोटका सभापती हर्षबहादुर बम, पुर्व सभापती मुक्तिप्रसाद न्यौपाने, नेपाली कांग्रेस कालिकोटका पदाधिकारी तथा अन्य नेताहरुले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेबिसंघका संस्थापक अध्यक्ष कोईरालालाई अभिर खादा लगाएर स्वागत गरिएको हो ।
नेपाली कांग्रेसका संस्थापक नेताहरु तिलकप्रसाद न्यौपाने र पंखबहादुर बिष्टसँगै नेबिसंघबाट पाटी राजनीतिमा सक्रिय भएका नेता कोईराला लामो समयदेखी जिल्ला बाहिर थिए । उनले पछिल्लो एक दशक जिल्लाको राजनीतिमा सक्रियता देखाएनन् । तर पछिल्लो समय नेपाली कांग्रेसलाई कालिकोटमा बलियो बनाउन जिल्लाको राजनीतिमा फर्किएका छन् । नेपाली कांग्रेस कालिकोटको पाटी कार्यालयमा भएको स्वागत कार्यक्रममा नेता कोईरालाले नेपाली जनताले भरोसा गरेको पाटी कांग्रेस कालिकोटमा कम्जोर हुनुले जिल्लाको विकास र समृद्धि पनि कम्जोर भएको बताए । उनले मुलुकका हरेक परिवर्तन र संकटमा काँग्रेसले नै नेतृत्व गरेर अगाडी बढेको बताउदै अब कालिकोटमा पनि काँग्रेस बलियो भएमात्र विकास र समृद्धिले गति पाउने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सभापती बम र न्यौपानेले काँग्रेसको आगामी जिल्ला अबिधेशनबाट पाटीले थप गति लिने बताए । उनीहरुले यही असोज १५ गतेदेखी १८ गतेसम्म सम्पन्न हुने ७ आँै जिल्ला अबिधेशन सफलताका साथ सम्पन्न गर्न सबैको सहयोगको खाँचो रहेको बताउदै काँग्रेसका संस्थापक नेताहरु पनि जिल्लामा सक्रिय हुँदा थप उत्साह हुने बताए ।
काँग्रेस संस्थापक नेता कोईरालालाई तिलागुफा नगरसभापती धिरेन्द्र थापा लगायतका नेताहरु पनि स्वागत गरेका छन् । नेता कोईराला जिल्लामा आएर राजनीतिक गतिबिधिमा सक्रियता देखाउन थालेका छन् । उनले आगामी जिल्ला अधिवेशनमा पाटीको महाधिबेशन प्रतिनिधिको उम्मेद्वारी समेत घोषणा गरी राजनीतिक गतिबिधिमा सक्रियता देखाएका हुन् । नेता कोईरालाले भने, म आगाडी ७ औँ जिल्ला अबिधेशनमा पाटीको महाधिबेशन प्रतिनिधिमा लड्ने तयारी गरेको छु । अब म जिल्लाको राजनीतिमा समय दिन्छु । कालिकोटमा कांग्रेसलाई हरेक संसदिय निर्बाचनमा बिजयी बनाउन मेरो पहल कदमी हुन्छ । आम काँग्रेसजनहरुको साथले म पनि बिजयी हुनेमा बिस्वस्त छु । यो अबिधेशन एकता र सद्भावको अबिधेशनका रुपमा लिन पनि उनले सबैलाई आग्रह गरे ।