Loading... आजः ८ कार्तिक २०७८, सोमबार

एक्सनवर्स नेपाल कालिकाेटबाट बहिरगमन

कालिकाेट– कालिकाेटमा विगत तिन वर्ष देखि काम गदै अायकाे एक्सनवर्स नेपाल कालिकाेटबाट वहिरगमन भएकाे छ । परियार नियाेजन, सुरक्षित गर्भ पन लगायतका क्षेत्रमा काम गदै आएकाे एक्सनवर्स नेपाल अाफ्नाे कार्यकाल पूरा गरेर जिल्लावाट वाहिरिएकाे हाे । कालिकाेटका साविकका १५ वटा गाउँबिकास समिति हालका ७ वटा स्थानिय तहमा काम गदै अाएकाे थियाे । सानै उमेरमा हुने बिवाहका कारण असुरक्षित गर्भ पतनका कारण महिलाकाे ज्यान जाने खतरा वढेकाले सुरक्षित गर्भपतन, परिवार नियाेजन, सुरक्षितमातृत्व लगाएका स्वास्थ्य सुधारका क्षेत्रमा काम गदै अायकाे थियाे । अन्तिम अनुगमनका क्रम तिलागुफाकाे राचुलीमा आयाेजित कार्यक्रममा वाेल्दै स्वास्थ्य सेवा कार्यलय कालीकाेटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबिर सुनारले जिल्लामा एक्सनवर्स नेपालकाे काम प्रति आफु निकै खुसि भएकाे बताए । उनले भने , कालिकाेटमा एक्सनवर्सले बालबालिकालाई सचेत बनाउनुका साथै पुरुषहरूकाे महिलामा हेर्ने सस्कारमा परिवर्तन गरेकाे बताए । जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी बिष्ट नेपालीले कार्यक्रममा किसाेरीहरूकाे सहभागिता राम्राे भएकाे भन्दै ब्यवहारमा पनि परिवर्तन देखाउन अनुराेध गर्नुभयाे । कार्यक्रम स्वास्थ्य सेवा कार्यलय कालिकाेटका जनस्वासथ्य अधिकृत कटक महत, सेतु शाहिले सँस्थाले गरेकाे काम प्रति स्थानिय सरकारले स्वामित्व लिनु पर्ने धारणा राख्नु भयाे । तिलागुफा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण चाैलागाईले अाफुहरूले अागामि दिनमा कार्यक्रमलाई निरन्तरता दिने वताउनुभयाे । एक्सनवर्स नेपालका महासचिव सम्झना पाैडेल , कार्यक्रम अधिकृत सन्जय चन्द पत्रकार लगायतकाे वहिरगमन कार्यक्रममा सहभमगिता रहेकाे िथयाे ।


error: Content is protected !!