Loading... आजः १ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस कालिकोटको उपसभापतीमा कांग्रेस नेता बोगटीकाे उम्मेदवारी

कालिकोट — नेपाली कांग्रेस कालिकोटको उपसभापतीमा उम्मेदवारी दिने कांग्रेस नेता मिनबहादुर बोगटीले बताएका छन । आइतबार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी आसोज १५ गते हुने कालिकोट जिल्लाको ७ औँ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस कालिकोटको उपसभापतीमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

पार्टी सभापतीदेखी विभिन्न पदका लागी युवाहरुको आकांक्षी देखिएको कालिकोटमा उपसभापतीका लागी कसैले पनी घोषणा नगरेको थिएनन् ।जिल्ला कार्यसमिति सदस्य रहेको बोगटीले आफ्नो उम्मेदवारी उप सभापतीमै रहेको दावि गरे ।
उप सभापतीमा उम्मेदवारी कुन टिमबाट हो ? भन्ने पत्रकारको प्रश्नमा नेता बोगटीले ७ औँ जिल्ला अधिवेशन सर्वसहमत गर्ने छलफल चलिरहेको छ । अन्तमा सहमती हुन नसकेमा आाफ्नो संस्थापन पक्ष देउवा समुहबाट उम्मेदवारी रहने छ । निर्वाचनको प्रक्रियामा जानु पर्दा देउवा समुहबाट उम्मेदवारी रहेपनी उप सभापतीमा आफुलाई जिल्लाका ८२ वटै वडाका प्रतिनिधिहरुले मत दिएर जिताउनेमा आफु विश्वस्त रहेको बताए ।अाफ्नाे टिमबाट सभापतिमा काे हुने भन्ने बारे टुंगाे लागेकाे छैन । विशेष गरि सभापतिमा आकाक्षि दमनबहादुर शाही र माेतिराज बमलेउम्मेदवारी दिने घाेषणा गरेका छन । अन्य पनि मानबहादुर राेकाया, लगायत छन , यसकाे लागि पाटिमा छलफल भएकाे छ ।

उपसभापतीमा जित्ने आधार के–के छन ?

आफु २०४८ सालदेखी पार्टी संगै समाज सेवामा निरन्तर लागि परेकाले नेताहरुले आफुलाई जिताउने बताए । जिल्लामा पाटी संगै समाजसेवामा रहेकाले आफुलाई टिमको मतभन्दा पनी जिल्लाका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले योगदानलाई नभुली मत दिएर जिताउने छन ।

२०७४सालको स्थानिय तहको निवौचनमा नरहरिनाथ गाउँपालिका अध्यक्षमा पराजय भएका बोगटी त्यस यता पार्टीमा निरन्तर लागी परेका छन । जिल्लामा दुई जना उपसभापती हुने पाटीको विभान अनुसार देउटा समुहबाट उपसभापतीमा उम्मेदवारी दिएका बोगटीको उपसभापतीमा निर्वाचित हुने सम्भावना बढिनै देखिन्छ । राजनिति संगै भिडिसेफ नेपालमा लामो समयदेखी कालिकोटमा सेवा दिरहेका बोगटीको योगदानले पनी उनको सम्भावना बलियो देखिन्छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी कालिकोट सचिव एशोदा शाही, शोशिला शाही, पुराना नेता विस्नुबहादुर शाही, महिला नेतृ कल्पना रावल लगायतको सहभागिता रहेकाे थियाे ।