Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

युवा नेता विष्टको सचिवमा उम्मेदवारी

यतिबेला नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको ७ र्औ जिल्ला अधिवेशनको रौकन छाएको छ । अधिवेशनमा नेताले आ–आफ्नो पद घोषणा गर्ने गरिरहेको छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सदस्य सविन कुमार विष्टले पनि घोषणा गरेका छन् । उनले यस पटकको अधिवेशनमा जिल्ला कार्य समिति सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्् । विष्ट नेपाल विद्यार्थि संघको स्कुल ईकाइ देखि क्याम्पस इकाइ तहमा विभिन्न पदमा रहि कालिकोट जिल्लाको विद्यार्थि सचिव हुँदै नेपाली काँग्रेस कालिकोटको पार्टी सदस्य सम्म रहेका विष्ट राजनितिकमा लामो अनुभव रहेको छ । काँग्रेसलाई जिल्लामा ठुलो पाटी बनाउन र काँग्रेस कार्यकताभित्र भएका मनमुटावलाई साम्य पार्नका लागि आफ्नो सचिव पदमा उम्मेदवारी रहने विष्टले बताएका छन् ।

लामो समय देखि काँग्रेसको राजनीतिमा सक्रिय भएका विष्ट जिल्ला कार्य समिति सदस्यमा मनोनित भएर पाटीको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । राजनीतिमा अनुशासन र गतिशीलताको लागी अग्रजको अनुभवलाई अनुशरण गर्दै युवा पुस्ताको प्रतिनिधित्व स्थापित गर्दै सवैलाई एकै ठाउँमा गोलबन्द बनाउनका लागि आफु सचिवमा योग्य भएको विष्टले बताए ।