Loading... आजः १३ बैशाख २०८१, बिहीबार

कर्णाली राजमार्गमा नागरीकलाई सास्ती

कालिकोट : कर्णाली राजमार्गमा वर्षायाम सुरु भएसँगै नागरीकलाई सास्ती खेप्नु परेको छ । वर्षेनी बिग्रीदै गएको सडकको स्तोरोन्नती नहुँदा नागरीकहरुले बर्षायाम सुरुभएसँगै सास्ती खप्दै आएको पाइन्छ । जिल्लाको सिमाना दहीखोलादेखी गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतका ठाँउमा वर्षायाम सूरु भएपछि नागरिकहरु वर्षा हुँदा पहिरो खस्ने तथा विभिन्न ठाउँमा खाल्डा खुल्डी हुने समस्या छ । बेला बेला आउने पहिरोका कारण सडक खोलीने अवरुद्ध हुने गरेको छ । जसका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । जिल्लाको सेरीघाट, झाम्ला मोड, छेडा, सिम्लेगाड, पिली, राचुली लगायतका ठाँउहरुमा पनि स–साना पहिरो खस्ने समस्या धेरै छ ।
गाडी चालक पदम बहादुर लामाले कर्णाली राजमार्गमा गाडी चलाउदा पाँच वर्ष भयो । उनले राजमार्गमा हिड्दा गन्तव्यमा पुग्न मुस्कील हुने गरेको बताए । उनले हिउदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भएपनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए । उनले भने, ‘कर्णाली राजमार्ग राजमार्गजस्तै छैन् । छ पाँग्रे गाडीलाई साईड दिन नपुग्ने सडकमा १० पाँग्रे गाडी पनि आउछन् । सडक पुरै खाल्डाखुल्डी र हिलाम्मे छ । कति ठाँउमा गाडी फस्ता उकास्नै दिन लाग्छ । गाडीको पनि बिजोग हुन्छ ।

कर्णाली राजमार्गका ठाँउ ठाँउमा वर्षासगै पहिरो खस्ने समस्या रहेको तिलागुफा नगरपालिका सव इन्जिनियर विरमञ्जन शाहीले बताए । राजमार्ग दिन प्रतिदिन बिग्रिदै गएको छ । स्थानीय सरकारले यो सडकलाई हेर्नुपर्ने सव इन्जिनियर शाहील बताए । कर्णाली राजमार्गको सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने सव इन्जिनियर शाहीले बताए ।

कर्णाली राजमार्गमा दिन प्रतिदिन नागरिकलाई सास्ती भइरहेको छ । कालिकोटका विभिन्न सडक स्तर उन्नती नहुँदा यात्रा गर्न गारो भएको रमेश अधिकारीले बताए । उनले भने सडकको कुरागर्दा धेरै नाजुक रहेको छ । वाजुरा देखि कालिकोट आउदा कर्णाली करिडोर त मानिसको मृत्यु सडकको रुपमा पाइन्छ । र कर्णाली राजमार्गको कुरागर्दा कालिकोटको जितेगडा देखि तिलागुफाको नाग्म सम्म नाजुक रहेको यात्रु अधिकारीले बताए । यहाँका नेता तथा कार्यकर्ता कता हेरिरहेका छन् । अहिलेको परिस्थिती हेनेहो भने जुम्ला देखि कालिकोट सम्मको यात्रा जोखिम पुर्ण रहेको यात्रु अधिकारीले बताए । राजमार्गमा एक घण्टा लाग्ने् ठाउँमा ५ घण्टा लाग्ने गरेको छ । यसको सामाधान गर्न स्थानीय सरकार,प्रदेश सरकार, केन्द्र सरकार तथा सडक डिभिजनले हेर्न जरुरी रहेको उनको आग्रह छ ।

कणाली राजमार्ग बषौ वर्ष देखि नागरिहरुलाई सास्ती खेप्नु परेको छ । सडक डिभिजन कता हराएको छ । महत्वपुर्ण पर्यटकीय गन्तव्य रहेको रारा जाने राजमार्ग यहि भइरहेकोले सवै क्षेत्रले हेर्न नागरिकहरुको आग्ररहेको छ ।