Loading... आजः १२ चैत्र २०८०, सोमबार

कर्णाली प्रदेश अस्पताललाई अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत – कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।