Loading... आजः ८ कार्तिक २०७८, सोमबार

जनप्रतिनिधिकाे पोषाकमा वेरुजु

कालिकोट —जिल्लाकाे शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिहरुले लगाएकाे पोषाकमा पनी वेरुजु देखाएको छ । महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा व्यवस्थामै नभएको सुविधा प्रयोग गरेको भन्दै अध्यक्ष देखी वडा सदस्यलाई गाउँपालिकाको वजेटमा बितरण गरिएको पोषाकमा अनियमितता देखाएको हाे ।

नेपालको संविधानको धारा २२७ मा गाउँसभा र गाँउसभाका सदस्यले पाउने सुविधा प्रदेश कानुन बमोजिम हुने उल्लेख छ । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा पदाधिकारीहरुलाई पोशाक सुविधा पाउने व्यवस्था छैन । गाँउपालिकाले ४३ जना सभाका सदस्यहरुलाई पोशाक खर्च उपलब्ध गराएको देखिएकोले कानुन विपरित प्रदान गरिएको पोशाक सुविधा असूल गर्नुपर्ने ८ लाख ५१ हजार ४ सय अनियमितता देखाएको छ ।


error: Content is protected !!