Loading... आजः ८ कार्तिक २०७८, सोमबार

तोकिएकै तालिका अनुसार महाधिवेशन सम्पन्न गरेर चुनावको तयारीमा जुट्न नेता शाहीकाे अनुरोध

कालिकाेट – नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पटक पटक महाअधिवेशनको मिति सर्नु सरासर गलत भएको टिप्पणी गरेका छन । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता शाहीले भने, अधिवेशनमा सक्रियता पूर्वक लागिरहेका नेता कार्यकर्ताको उर्जा, उत्साह र हौसला घटाउने गरि फेरि पनि मिति परिबर्तन गर्नु कार्यकर्ताको भावना र पार्टि हित बिपरित रहेको छ । यदि सबै जिल्लाको सँगै अधिवेशन गर्न थियो, भने वडा अधिवेशनबाटै सबैको सँगै गर्नुपर्थ्यो होइन भने वडा अधिवेशन सकिसकेर बसेका जिल्लाहरुलाई पनि अधिवेशन गर्न रोक लगाउनु अन्यायपुर्ण भएकाे बताए ।

आफ्नै पार्टिको अधिवेशनमा क्रियाशील बितरणमा सहमति गर्नुको साटो अनाआवश्यक विवाद खडा गरेर रमिता गर्ने अनि विवाद नभएका जिल्लाहरुलाई पनि तिनै बिबादित जिल्लाको कारण देखायर अधिवेशन अगाडि बढाउन नदिने कुरा कुनै पनि हालतमा न्यायोचित हुन नसक्ने नेता शाहीले उल्लेख गरे ।

उनले भने, ‘सक्छौं बिबादित जिल्लाको कुरा चाडो मिलाउ, सक्दैनौ वडा अधिवेशन सकेर बसेका जिल्लालाई अगाडि बढ्न देउ । केहि निश्चित नेताहरुको स्वार्थमा अधिवेशनलाई अन्यौल ग्रस्त बनाउने र कार्यकर्ताहरुलाई रनभुल्लमा पार्ने काम बन्द गरौँ।’ अधिवेशनलाई तत्काल प्रक्रियामा अगाडि बढाउन नेता शाहीको माग छ । तोकिएकै तालिका अनुसार महाधिवेशन सम्पन्न गरेर स्थानिय चुनावको तयारीमा जुट्न नेता शाहीले अनुरो पनि गरेका छन ।


error: Content is protected !!