Loading... आजः ८ कार्तिक २०७८, सोमबार

नेपाली कांग्रेस ख काे सभापतिमा शाही निर्वाचित

कालिकोट – नेपाली कांग्रेस प्रदेश ख काे सभापतिमा आनन्द शाही सर्वसहमत निर्वाचित भएका छन  मंगलबार उद्घाटन गरिएको प्रदेश अधिवेशनमा सभापतिका लागि निकै रस्सा कस्सि भएपनि अन्तत युवा नेता आनन्द शाही सभापतिमा सर्वसहमत चयन गरिएको पार्टी स्राेतले जनाएको छ ।

सभापतिका लागि नेता असाेकनाथ याेगि, दानबहादुर बम, तुलाराज बम र आनन्द शाहीकाे दावि रहेकाे थियाे ।
पार्टी सभापति , नेता दमनराज बम, नारायण भट्टराई लगायतका नेताहरूले अन्तत शाहीलाई रस्साकसिका बिचमै चयन गरिएको जनाईएकाे छ ।
यस्तै प्रदेश क काे सभापतिका लागि पनि नेताहरू छलफलमा बसिरहेका छन । हिजाे रातिदेखि सर्वसहमति नेतृत्व चयन गर्नकाे लागि संस्थापन पक्ष देउवा समुहका नेता र पाैडेल समुहका नेता छुट्टाछुट्टै छलफलमै छन ।

सभापतिका लागि पुर्व पार्टी सचिव नन्दबहादुर सिंह र नन्दबहादुर शाही घमनकाे अडान कायमै रहेकाे जनाईएकाे छ ।


error: Content is protected !!