Loading... आजः २९ पुष २०८१, सोमबार

कांग्रेस-एमालेका विमतिका विषयलाई जबरजस्ती ढाकछोप गरे सरकार दुर्घटनामा पर्छ : महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमतिका विषयहरूमा चुप लागेर बस्नका लागि कांग्रेस र एमालेको गठबन्धन नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले दुई दलबीच विमतिका विषयमा थाती राखेर अघि बढ्न गठबन्धन नबनेको दाबी गरेका हुन्।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमतिका विषयहरूमा चुप लागेर बस्नका लागि कांग्रेस र एमालेको गठबन्धन नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले दुई दलबीच विमतिका विषयमा थाती राखेर अघि बढ्न गठबन्धन नबनेको दाबी गरेका हुन्।
उनले सरकारको गतिविधिमा, काममा,संयममा वर्तमान सरकारको भविष्य निश्चित रहेको दाबी गरे। ‘मिल्दै गर्दाखेरी चुपचुप, चुपचुप भत्किन्छ, भत्किन्छ, केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने, केही बोल्दाखेरी एमालेका साथीहरुलाई शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर चुप लाग्न थाल्ने !’ उनले भने, ‘हामीले चुप लाग्नका लागि यो गठबन्धन बनाएको होइन। यो गठबन्धन बनाउँदै गर्दा खेरि विमतिको बीचमा सहमति गरेर गएका छौं। जति विमति छन् कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने कुरा होइन। ’

महामन्त्री शर्माले कांग्रेस र माओवादीको गठबन्धन सरकार हुँदा पनि माओवादीले महाधिवेशनको दस्ताबेजमा दस्तावेजमा असन्तुष्टि जनाउँदा के लेख्ने भन्नेकुरा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सोधेर लेख्दैन भनेर जवाफ दिएको स्मरण गरे।