कर्णाली कृषि विकास रणनीति तयार हुँदै
सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ । कृषिलाई व्यवसायीकरण गर्न १० बर्से रणनीतिक योजना निर्माण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टीकाराम थापाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८१र८२ देखि २०९१र९२ सम्मका लागि १० बर्से कृषि विकास रणनीतिक योजना निर्माण गरिने छ ।
मन्त्रालयका अनुसार अहिले रणनीतिक योजनाको मसौदा तयार भएको छ । मसौदामा कृषिलाई व्यावसायिक बनाउन प्रतिस्पर्धात्मक कृषि प्रणाली, आयात प्रतिस्थापन र कृषिमा औद्योगिकीकरणलाई जोड दिइएको छ । कृषिको दिगो विकासका लागि कृषक संरक्षणमुखी कार्यक्रम ल्याइने, सरकारीस्तरबाट उत्पादन सामग्री र बजार सुनिश्चित गर्ने एवं तिनै तहका सरकारबिच समन्वय गरी कृषि अभियान सञ्चालन गरिने उल्लेख छ ।
अर्गानिक उत्पादनलाई वृद्धि गर्ने लक्ष्यसहित रणनीतिक योजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ । लामो समयदेखि थन्किएको रणनीतिक योजनाको मसौदालाई अन्तिम रूप दिने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । आव २०७८र७९ मा रणनीतिक योजनाको मसौदा बनेको थियो ।
ई-कर्णाली खबर
२७ पुष २०८१, शनिबार १४:०८