खोप कार्डकाे विषयमा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौं-खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर रिट निवेदनमा उल्लेख छ । निवेदनमा सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।









ई-कर्णाली खबर
१८ माघ २०७८, मंगलवार १५:०८