सुर्खेतमा प्रहरी हिरासतमै एक थुनुवाको शंकास्पत मृत्यु, प्रहरीले कुटपीट गरी हत्या गरेको आरोप

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको शंकास्पत मृत्यु भएको छ । लागुअैषध मुद्धामा ७८ दिनदेखी हिरासतमा रहेका थुनुवा वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिराका ३५ बर्षिया गंगे सुनारको एगराति प्रहरी हिरासतमा शंकास्पत मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका नीमित्त प्रमूख डिएसपी मोहनजंग बुढथापाका अनुसार उनी सुतेको ओछ्यानमै शुक्रबार बिहान बेहोस भएको अवस्थामा फेला परेका हुन् । उनलाई बेहोस अवस्थामा प्रदेश अस्पताल पुगाउदा डाक्टरहरुले मृत्यु भएको घोषणा गरे । उनको प्रहरी हिरासतमै मृत्यू भईसकेपछि प्रहरीले अस्पताल लिएको हो ।
पीडित परिवारले मृतक गंगे सुनारको प्रहरीले कुटपीट गरी मृत्यू भएको आरोप लगाएका छन् । मृतकको श्रीमतिले भनिन्, मेरो श्रीमानलाई कुनै पनि दृर्घ रोग थिएन् । अहिलेसम्म कुनै बिमारको उपचार गरेको पनि होईन् । हिजो राति ७ बजे मलाई फोन पनि गर्नुभएको थियो । हिजो राति मलाई फोन गर्ने श्रीमानको बिहान एकाएक मृत्युको खबर आयो । यसलाई मैले कसरी लिने ? उनले आफ्नो श्रीमानको मृत्यू संखास्पत रहेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताईन् ।
प्रहरी हिरासतमा मृत्यू भएका सुनारका परिवारहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा न्यायको माग गर्दै प्रदर्शन पनि गरे । उनीहरुले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन् । प्रहरी र पीडित परिवारबीच पनि गंगे सुनार मृत्यू प्रकरणको प्रहरी बिनाको मृतक परिवार, मानवअधिकारकर्मी, जिल्ला प्रशासनको प्रतिनिधि सहितको छानबिन समिति गठन गरी छानबिन गर्ने सहमति पनि भएको छ । दलित अधिकारकर्मीहरुले मृतक गंगे सुनारको मृत्यु नभई मारिएको आरोप लगाईरहेका छन् ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारले सुर्खेतको प्रहरी हिरासतमा डिएसपी मोहनजंग बुढथापा र इन्सपेक्टर राजन भट्टराईले दलित युवा गंगे सुनारलाई बोरामा हालेर कुटपीट गरी हत्या गरेको आरोप लगाएका छन् । उनले समाजिक संजालमा लेखेका छन् । सुर्खेतका डिएसपी मोहनजंग बुढथापा र इन्सपेक्टर राजन भट्टराईले ८८ दिनसम्म एक दलित युवालाई थुनेर बोरामा हालेर कुटेर हत्या गरेका छन् । उनी पक्राउ परेको मुद्धामा प्रहरी समेत मुछिएपछि आज अदालत उपस्थित गराउन लागिएको उनको गएराति नै हत्या गरेका हुन् । पछिल्लो समय सुर्खेतमा प्रहरीकै संलग्नतामा अलागुऔषध ओसार पसार, ठुलो जुवा र होटलहरुमा अनैतिक कार्यहरु बढिरहेको गुनासो पनि बढिरहेको छ । प्रहरीकै श्रोतले भन्यो, मृतक सुनार कुनै एक लागुऔषध पक्राउ प्रकरणका सुचक हुन् । पक्राउ परेका व्यक्तिहरुले उनको नाम समेत पोलेका कारण उनीसमेत पक्राउ परेका थिए । प्रहरीलाई लागुऔषधका बिषयमा सूचना दिने व्यक्तिलाई नै लामो समय प्रहरी हिरासत राखेर संखास्पत रुपमा मृत्यू भएको हो । यस प्रकरणमा कुनै न कुनै कारण जोडिएको हुन सक्छ ।








ई-कर्णाली खबर
२१ कार्तिक २०८२, शुक्रबार १५:३६