Loading... आजः ३० कार्तिक २०८२, आईतवार

ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको प्रवद्र्धन गर्न वल्र्डलिंकको पहल


कालिकोट – जिल्लाको ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको प्रवद्र्धन गर्न वल्र्डलिंकले पहल थालेको छ । वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोटको ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको प्रवद्र्धन गर्न वल्र्डलिंकले पहल थालेको हो ।
वल्र्डलिंकले जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्य चौकीमा सौर्य ऊर्जाको लागि सोलार प्यानल र औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण गरेको छ । कार्यक्रममा वल्र्डलिंक कम्युनिकेसन लिमिटेडको तर्फबाट सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वास्थ्य चौकी नानीकोटमा विगतमा गुणस्तरीय फ्रिजको अभावका कारण औषधि भण्डारण गर्न समस्या र नियमित विद्युत आपूर्तिको कमीले स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । सो समस्याको दीर्घकालीन समाधानका लागि वल्र्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित फ्रिज जडान गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै निर्देशक अनुपा भण्डारी जालानले वल्र्डलिंकले देशका विभिन्न ठाउँहरूमा समुदायमुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताईन् ।
यस्तै वल्र्डलिंकले पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई भदौ महिनादेखि अनलाइन स्मार्ट बोर्डको माध्यमबाट अङ्ग्रेजी भाषा सिकाइ कक्षा सञ्चालन गरेको छ । कम्पनीकी निर्देशक अनुपा भण्डारी जालानले विद्यालयमा पुगेर उक्त कक्षाको स्थलगत अवलोकन (सर्भेक्षण) गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिईन् । उनका अनुसार वल्र्डलिंकले केवल प्रविधि र पूर्वाधार क्षेत्रमा मात्र होइन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आइरहेको बताईन् । अनुगमनका क्रममा विद्यार्थीहरूको प्रोत्सहानका लागि वल्र्डलिंकको तर्फबाट सहभागि विद्यार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको वल्र्डलिंकका पतिनिधि जसबहादुर बोगटीले बताए ।