Loading... आजः २५ मंसिर २०८१, मंगलवार
कर्णालीका नवनियुक्त मन्त्री गणेश सिंहको जीवन संघर्ष

प्रधानाध्यापक देखि जलश्राेत मन्त्रि सम्म

काठमाडौं  – अन्यायविरुद्ध लड्न बल मात्रै पुग्दैन, समाजको अहमत्याईँ जोगिन्छ र विकास हुन्छ ।

यस्तै आचारविचारका पात्र हुन् कर्णाली सरकारका नवनियुक्त जलश्रोत तथा उर्जा विकास मन्त्री गनेश प्रसाद सिंह ।  जाजरकोट नलगाड नगरपालिकाको ऐरारीमा २०१८ साल बैशाख १८ गते बाबु जर्दसिंह ठकुरी र आमा अमृता देवी सिंहको कोखबाट जेठो सन्तानका रुपमा जन्मलिएका सिंह बाल्यकालदेखि समाजका विषयमा चासो राख्ने मध्येका हुन्  ।

सिंहले जाजरकोटमै प्रवीणता प्रमाणपत्र तह अर्थात् आइएसम्म अध्ययन गरे । आइएसम्मको अध्ययनपछि सिंह शिक्षण पेशामा फर्किए । जाजरकोट नलगाड नगरपालिका लहँको ऐरारीमा रहेको नेरा प्राथमिक विद्यालय १२ वर्ष काम गरे । सिंहले ०४३ सालदेखि ०५३ सालसम्म पढाए ।

यतिमात्रै नभइ बारेकोट गाउँपालिका – ९ मा रहेको हिमालय प्राथमिक विद्यालय काप्तिको प्रधानध्यापक समेत भएका सिंहले ०४६/४७ सालको आन्दोलनमा अखिल नेपाल शिक्षक संगठनको सदस्य भए ।

सदस्य बन्नुभन्दा पहिल्यै उनी समाजमा भएको अन्याय र अत्याचारकाविरुद्ध बोल्न सक्रिय हुन्थे । विद्यालय र शिक्षकमाथि भएको अन्यायकाविरुद्ध बोल्ने र सम्बन्धित निकायसँग समस्या पुर्‍याउने काम समेत गर्थे ।

यसै क्रममा २०४८ सालमा अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य चयन भए । सिंहका लागि यतिमात्रै थिएन । समाज र समुदायमा भएको बेइन्साफले सिंह राजनीतिमा सक्रिय हुन थाले  । ०४८ सालमा संयुक्त जनमोर्चा नेपाल जाजरकोटको सदस्य बने  ।

तत्कालीन सत्ता र शासकको अत्याचारले ठुलो विद्रोहमार्फत परिर्वतन खोजिरहेका सिंहलाई ०५३ सालमा सरकारले माओवादीको आरोप लगायो । उनी अवकाश भए ।

त्यतिबेला उनका लागि पूर्णकालिन राजनीति गर्नु बाहेकको विकल्प थिएन । ०५४ सालमा नेकपा माओवादी केन्द्रको पूर्णकालिन सदस्य भए । अब, उनको विकल्प भनेको माओवादी केन्द्रमार्फत राजनीति गरेर समाज परिर्वतन गर्नु थियो  ।

पूर्णकालिन सदस्य भएसँगै जाजरकोट, दैलेखका विभिन्न गाविसमा क्षेत्रीय सचिवको  जिम्मेवारी पाए । उनको पार्टीप्रतिको काम र विश्वासले ०५७ मै उपब्यूरो सदस्य मात्रै भएनन राज्य कार्यालयको सचिव समेत भए ।

उनको आन्तरिक तथा बाह्य सक्रियताले नै २०५८ मै कमान कार्यालय सचिव हुन पुगे ।  ०६० सालममा क्षेत्रीय व्यूरो सदस्य भएसँगै दैलेख इन्चार्जको जिम्मा पाए ।

न्यायसहितको अधिकारका लागि विद्रोहमा रहेका सिंह ०६२ र ०६३ मा राज्य कार्यालय बाँकेदेखि बर्दियामा आवद्ध भए । राज्य पक्ष र विद्रोही माओवादीको लडाइँ कमको थिएन ।

त्यतिबेलाबाटै विभिन्न संगठनमा काम गरिसकेका सिंह ०६४ मा जाजरकोट जिल्ला सचिव भए । शान्ति प्रक्रियापछि ०६९ मा एकीकृत नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य भए । उनको पार्टी भित्रको निडरताले पोलिटब्यूरो सदस्यसँगै ०६९ मा जाजरकोट जिल्लाको इन्चार्ज भए ।

सिंह एकतापछिको नेकपा कर्णाली प्रदेश सदस्य मात्रै होइन जाजरकोट जिल्लाको क्षेत्र नम्बर ‘क’को निर्वाचित सांसद समेत हुन्  ।  ०७४ को निर्वाचनमा भारी मत ल्याएर निर्वाचित सिंह २०७६ मा गठन कर्णाली प्रदेश सभा अन्तर्गत संसदीय समितिको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष भए ।

आइतबार मात्रै कर्णाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा नियुक्त भएका हुन्  ।  कर्णाली सरकार गठन भएयता पहिलो पटक जाजरकोटले सरकारमा मन्त्री पाएको हो  ।

पार्टीको विभिन्न नेतृत्वको जिम्मेवारी पाएर सफलता पूर्वक निभाएका सिंहले यसअघि कर्णाली सरकारमा पाएको अर्थ तथा प्राकृतिक स्रोतको जिम्मेवारी पनि सफलता पूर्वक निभाएका थिए ।

सिंह प्रायः जिल्लामा गएर जनतासँग योजना र कार्यक्रमका विषयमा छलफल गरिरहने सांसद मध्येका एक थिए । त्यो गत वर्ष जाजरकोट बारेकोटमा गएको भीषण बाढीपहिरो होस् या जिल्लामा अरु कुनै विपद् । उनको सक्रियता कायम रहेको हुन्छ ।

पूर्व गृहमन्त्री शक्ति बस्नेतको निकटमा हरेर काम गर्ने नेता सिंह केन्द्रीय नेतृत्वसँग समन्वय गरेर जिल्लाका समस्यालाई समाधानतर्फ निर्णय लिने मध्येका हुन्  । उनको यो कार्यकाल कस्तो हुन्छ ?