Loading... आजः ३० कार्तिक २०८२, आईतवार

कोरोना नियन्त्रणमा तीन तहकाे नौ अर्ब खर्च

काठमाडाैँ-नेपालमा साउनदेखि पुस मसान्तसम्म कोरोना महामारी नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहले नौ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा यी तीन तहले १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च गरेका थिए ।

चालू आर्थिक वर्षको ६ महिनामा संघले सात अर्ब ७४ करोड ५३ लाख, प्रदेशले एक अर्ब ८८ करोड पाँच लाख र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका हुन् ।