Loading... आजः २ बैशाख २०८१, आईतवार

शम्सेर गुल्म कालिकोटद्धारा कोरोना खाेप शिविर संचालन

लिलाराज संज्याल, कालिकाेट – कालिकोट जिल्लामा सेना दिवस २०७८को अवसरमा शम्सेर गुल्म कालिकोटले संचलन गरेको १७ गते देखि १९ गते सम्मको खोप शिविरमा ३०५ जनाले वुष्ट डोज लगाएका छन् । उक्त कोरोना विरुद्धको खोप नेपाली सेनाले सहयोग गरेको हो ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा संचालन गरिएको खोप शिविरमा नेपाली सेना र नागरिकले फागुन १७ गते ३० जना, १८ गते १०९ जना र १९ गते १६६ गरि ३०५ जनाले खोप लगाएको शम्सेर गुल्मपति मेजर निरज प्रताव राणाले बताए । उनले भने,अव फागुन २० गते कालिकाेट नरहरीनाथ गाउँपालिकाको कुमालगाउ  संचालन गरिने र खोपबाट वन्चित सवै नागरिकहरुले खोप सुविधा लिने शम्सेर गुल्मपति मेजर राणाले बताए ।