काेराेनाकाे वेला स्वास्थ्य सावधानी अपनाउनु सम्पूर्ण नागरिकहरुको दायित्व रहेकाे : डा. रत्नवबीर सुनार
कालीकोट – जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा जिल्ला स्थित क्रियाशिल पत्रकारहरुलाई एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कोरोना संक्रमण कायमै रहेको अबस्थामा पनि स्वास्थ्य क्षेत्रलाई अझै सुदृण्ढ कसरी बनाउने भन्ने बिषयमा पत्रकारहरुसँग छलफल गर्न अन्तरक्रिया कार्यक्रम राखिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले आर्थिक बर्ष ०७८/७९ मा भए गरेका सेवा प्रबाह सम्बन्धीका उपलब्धि र चुनौतीहरु प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष डा. रत्नवबीर सुनारले कोरोना महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउनु सम्पूर्ण जिल्लाबासि नागरिकहरुको दायित्व रहेको बताए । उनले भने, पछिल्लो समय पिसिआरको परिक्षण दायरा साघुरीदै गएपनी यस्तो बेला सचेतना अपनाउने र राज्यलाई घचघच्याउने काममा पत्रकारको भूमिका महतवपूर्ण रहेको बताए । थप स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकलाई सुसूचि गराउन सहभागि पत्रकारहरुलाई आग्रह समेत गरेका थिए । डाक्टर सुनारका अनुसार, नागरीकको स्वास्थ्य सेवा प्रति स्वास्थ्य सेवा कार्यालय कालीकोट र स्वास्थ्यकर्मी सबै समवेदनशील रहेको बताएका छन् । कालीकोटको सन्दर्भमा हेर्ने हो भने जुनसुकै बिरामीको पनि सफल उपचार गर्न सफल रहेको बताए ।
यस्तै जनस्वास्थ्य अधिकृत गौरा घर्तीमगरले कोरोना भाइरस कोभिड–१९ सुरु भएदेखि हालसम्मको कालीकोटमा कोभिड–१९ का कारण ७ जनाको मृत्यु भएको बताइन् । उनले भनिन्, कालीकोटमा गत ६ महिनाको तथ्यांक हेर्दा स्वासप्रश्वासका बिरामीहरुको बाहुल्यता बढि रहेको र अहिले घट्दोक्रममा रहेको बताइन् । अहिले अन्य बिरामी बिरामीहरुको संख्या प्राप्त रहेका कारण रोगबाट बन्चीत हुँन स्वास्थ्यको पहुँचमा नियमित हुनुपर्ने बताएकी थिइन् । कालीकोटमा गत ६ महिनाको अबधिमा निमोनियाका बिरामीको संख्या बढ्दोक्रममा रहेपनी पछिल्लो चरण घट्दोक्रममा रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्यांकमा उल्लेख गरिएको स्वास्थ्य सेवा कार्यलय तथ्यांक अधिकृत लंक बहादुर बमले बताए ।
कार्यक्रमकाे संचालन स्वास्थ्य सेवा कार्यालय कालिकाेटका डा. हेमराज बमले गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महत अतिथि लगाएत स्वास्थ्या कर्मिकाे उपस्थिती रहेको थियो ।
ई-कर्णाली खबर
१९ फाल्गुन २०७८, बिहीबार १३:४४