Loading... आजः ३० कार्तिक २०८२, आईतवार

सरुवा रोग अस्पतालमा आजवाट सेवा शुरु

कालीकोट– जिल्लामा सरुवा रोग अस्पतालमा आजवाट सेवा शुरु गरिएकाे छ । कालिकोटको सरूवा रोग अस्पतालमा खाँडाचक्रका मेयर जसी प्रसाद पाण्डे र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मालाई सामान्य स्वास्थ्य जाँच गरेर सेवा शुरु गरेकाे हाे ।

सुरवालराेग अस्पतालबाट कालाजार, मलेरिया, HIV/AIDS, TB ,कोभिड-१९ र सर्ने खालको स्वास प्रश्वास सम्बन्धि रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालय कालिकाेटका नि.व्यावस्थापक डा.रत्नविर सुनाले बताए । उनले भने,अब सरुवाराेगकाे उपचार गर्न नेपालगन्ज, सुर्खेत र काठ्माडाै जान नपर्ने बताए । कालिकाेटमा कालाजारका विरामि वढ्ने क्रममा रहेपनि अब आगामि दिनमा यस्ता राेगकाे सरल उपचार गरिने डा. सुनरले जानकारी दिए ।

कालीकोट जस्ता विकट ठाउँले बुझेको र त्यसको परिणामले नै कालीकोट, जुम्ला हुम्लामा विभिन्न रोगलाई केन्द्रित गरी अस्पताल लगायतका अस्पतालबाट सेवादिने बताए ।
अस्पताल सेवा शुरु समारोहमा खाँडाचक्र नगरपालिका मेयर जसिप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा , जनस्वास्थ्य अधिकृत कटक महत, पत्रकार तथा स्वास्थ्यकर्मीलगायतकाे सहभागी रहेकाे थियाे ।