Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

ब्यबस्था बदल्नेले नै अबस्था बदल्नु पर्छ भन्ने छैन रुपान्तरित शक्तिको पनि उदय हुनसक्छ : लक्ष्मणबहादुर बम (पलाँती कान्छा)

एक इतिहास रच्दै नेपालमा २०५२ साल फागुन १ गते सुरु भएको माहान जनयुद्धको १० बर्ष लामो संघर्ष पछि ६२ /६३ को उन्नाइस दिने जनआन्दोलन पस्चात ब्यबस्था परिवर्तन भएको छ । यसैले नयाँ नेपालीको परिकल्पना सहित संघिय गणतन्त्र नेपालीको स्थापना गरे सँगै भौतिक परिबर्तन गुणात्मक रुपमा भएकै छ जो नेपाल जस्तो सानो अनि आर्थिक रुपमा कम्जोर देश त्यसै माथि धम्सात्मक सहितको क्रान्तिले थिलो थिलो बनेको राज्य प्राणालि एकै पटक कसैले नसोचेको संघियता , समाबेसि , धर्मनिरपेक्षता , समानुपातिक प्राणालि सहितको नयाँ संविधान लेखेर एक ऐतिहासिकता हाँसिल भएको छ । यो सफलता हाँसिल गर्ने क्रान्तिकारी नेपाली जनता , ज्यानको आहुति दिने त्यी माहान सहित अनि त्यी सपुद जन्माउने परिवार आधा ज्यान गुमाउने घाइते योद्धा अनि माओवादी आन्दोलन , यो आन्दोलनमा युद्ध देखि शान्ति कालमा भएका विभिन्न आन्दोलन मा साथ दिने अन्यदल र मुख्य नेतृत्व गर्ने तत्कालीन पार्टी नेकपा माओवादीले नै लिन्छ यो इतिहास लाई सबैले सम्मान गर्नै पर्छ । माओवादीले थालनि गरेको माहान जनयुद्ध बिकसित समयक्रमको आबस्यकता र २१अौ सताब्दिको समाज परिबर्तनको माग हो । यो अर्को पुस्ताका लागि एक अध्यायन केन्द्र मात्र पनि हुन सक्छ यो ठुलो बलिदान र योगदान बाट हाँसिल गरेको परिबर्तित ब्यबस्था बास्तबिक परिवर्तन हुनु पर्ने बर्गसम्म पुग्न सकेन भने यो सम्पूर्ण लगानि खेर अबस्य जानेछ त्यो खेर नजानदिनका लागि दलालको प्रेबेस सँगै भित्रिएको प्रबृत्तिको पन्जाबाट फुत्काउनु नै आजका सचेत क्रान्तिकारी शक्तिको मुख्य कार्यभार र जिम्मेवारी देखिन्छ । यो नयाँ पुस्ताको हातमा आएको छ जो इतिहासको रक्षा इतिहासकारको सम्मान र त्यो ताततातो ब्ययबस्थालाई आधारभुत बर्गबाटको सुरुवाति कार्यनयनमा तदारुकता र इमानदारीता पुर्बक कुसलता र सफलता हामी कम्युनिस्ट आन्दोलनबाट मात्र आधारभुत बर्गको न्याय र समानताको मार्ग देख्नेले विश्व इतिहासलाई खोतलेर मानचित्र केलाउने हो भने विश्व प्रसिद्ध माक्र्सवाद लाई एक पाठशाला बनाएर बाताबरण मैत्रि एनिकि समय सुवाउदो सृजनशिलता अपनाएर नयाँ नयाँ अभ्यास सहित कार्यनयनमा ल्याएर सफलता हाँसिल गरिएका छन । पछिल्लो पुस्ताका लागि नेपाली माहान जनयुद्धका कायर्भार पनि एक पाठशाला बन्ने कुरा कसैले नकार्न सक्दैन आज केही बिकसित बिकृतिका स्वरुपले मान्छेलाई क्रुप बनाएको भने पक्कै छ आत्मियता , सम्मान र नेपाली संस्कारलाई रुपान्तरित गरिदिएको छ यो एक समाजका लागि डरलाग्दो परिस्थिति पनि हो । यहाँ स्वतन्त्रताको नाममा के बोल्नु पर्छ बिर्सिएको छ , मेरो बानि बेहोरा र मैले गर्ने हरेक कृयाकलापले म यहि समाजको एक टुक्रा हुँ के असर परेको छ भनेर थाहा पाउन छोडेको छ , म राम्रो बनेर समाज राम्रो बनाउन मिठो बोल्नु पर्छ भद्र हुनुपर्छ , सिष्टताको पाठ सिक्नुपर्छ , मर्यादासँग परिचित हुनुपर्छ भन्ने कुरालाई जनावरलाई पुराण जस्तै गरेको देखिन्छ यो भनेको पुर्ण स्वतन्त्रताको असर नै हो अब यस्लाई एक कडिमा बाँध्नु पर्छ एक आलुफलाउदा को पीडा पोख्ने कृषको शब्द के अनुहार हेर्न चाहादैनन तर अप सब्दले ओदप्रोद अहिलेका बिकसित समाजका कलङ्क भेलु बाजे जस्ताको हाईहाई छ यो एक चिन्ताजनक र सोचनिय बिषय हो यस्लाई गम्बिर रुपमा लिनै पर्छ सामाजिक संजाल फेसबुक र टिकटकले मानिसको चरित्र उदाङ्गो बनाएको छ । क्रुप बनाउदैछ एक ब्यबस्था परिबर्तन गर्न अभिन्न अङ्ग बन्ने बेला लाखौ चेलि बिदेशि सिको गर्दै आफ्नो अङ्ग प्रदसन गरेर चरित्र उदाङ्गो बनाउदैछन यति मात्र हैन सकरात्मक भन्दा बढि नकारात्मक कुरामा ध्यान गएर समय बर्बाद भइरहेको छ टिक टकमा दिनमा १ रोडले १ सय रिचार्ज सकेर बनाउदा मात्र १ अरब रुपैया नेपालिले खर्च गर्दछ यो १ ब्याक्तिका लागि सामान्य भए पनि यो मुलुकका लागि ठूलो नोक्सानि हो यहि एक दिनको १ मैनामा १ सयका दरले मात्र सामाजिक लगानि कोष खडा गरेर तीन करोडको 1 तिहाई १ करोडले १ सय जम्मा गरे १ अरबका दरले बर्षमा १२ अरबको लगानि गर्न सकिन्छ यो १२ अरब निम्न बर्गका लागि उत्पादनमा लगानि गर्ने हो भने प्रत्यक परिवार १ लाखका दरले १२ लाख परिवारलाई आत्मनिर्भर साथै कृषि उपज आयातमा केही कमि ल्याउन सकिन्छ । हाम्रो १ सयले खरब पति बनेका ब्याक्तिहरुले खोलेका उत्पादन स्तलमा गएर घाम पानिको प्रबाहा नगरि पसिना चवाउन बाध्य छ अहिले को पुस्ता यी त एक उदाहरण कुरा मात्र हुन यस्तै थुप्रै बिषय छन अहिलेको पुस्ताले सचेतिकरणको बिकास गरेर नियन्त्रण गर्नु पर्ने यस्कालागि आज हामी सबैले गरेको एक आम क्रान्तिको आबस्यकता महसुस नै हो । हिजो को माहान जनयुद्ध उन्नाईस दिने जनआन्दोलन विभिन्न मदेश आन्दोलनको फलस्वरूप ल्याएको ब्यबस्था त्यहि हिहोजोकै नेतृत्व गरेको पार्टीले हिजोकै नेतृत्व गर्ने ब्याक्तित्वले संस्थागत गर्नु पर्छ र सामाजिक न्याय सहितको अबस्था बदल्नु पर्छ र अरुले हेरेर दर्सक भएर समय गुजार्नु पर्छ भन्ने हुदैन अहिले हामिले गरेको संघर्षको जस उसैले लिन्छन भनेर पुर्ण जडसुत्र र यथास्थितिवादी सोचबाट ग्रसित रोगि भएर बस्नु नै एक इतिहासको समिक्षित पात्र बन्नुका साथै हामी सचेत प्राणि भएको अस्तित्व नै नामेट हुन्छ । हो हिजो राणा बिरुद्ध आन्दोलन , पन्चायत बिरुद्ध को आन्दोलन र अहिले सकिएको यथास्थितिवादी र सामान्तबादि बिरुद्धको आन्दोलनका हिस्सेदारको सम्मान गर्नै पर्छ अनाज खान सुरु गरेको बालकले आमाको दूध भुल्दा जननिको अपमान मात्र हैन उ आफैलाई पनि भुल्न सुरु गरेको हुन्छ त्यसैले हिजो रक्तपादको बाध्यता खेप्ने राणा , पन्च्यायत र सामान्तबात प्रस्त गर्दा योद्धा हुन हत्यारा हैनन सामाजिक संजालमा धेरै नकारात्मक सोचबाट ग्रसित मित्र हरुका कमेन्ट र स्टाटस देख्न सकिन्छन त्यी परिबर्तनका हिस्सेदार आमाका सपूत हरुलाई हत्याराको उपमा दिएकाे त्यो बिल्कुल गलत बुझाई बाट ओदप्रोद छ अर्को कुरा सधै मानिस एकै रेसमा दौडिन सक्दैन ओलम्पिक च्याम्पियनसिप बिजेता पनि उमेर ढल्के पछि उ एक दर्सक र पारखिमा परिणत हुन्छ राजनीतिक खेलमा पनि सधै उहीँ ब्याक्ति परिबर्तन भैरहन पनि नसक्ने हुन्छ तर उस्ले मार्ग छोड्नु हुन्न रेसमा तलमाथि हुनु अन्यथा हुन्न मेडल हाँसिलका लागि नयाँ खेलाडि उत्पादन हुनै पर्छ र त्यो आजको आबस्यकता हो । जनयुद्ध लडेका केही सेना लड्दै ज्यान गुमाउनु भो भने केही छेदबिछेद भएर दिनप्रतिदिन अस्थाउदै हुनुहुन्छ त केही साहारामा जीवन गुजार्नु भएको छ भने त्यहि पिडाबाट ओदप्रोद योद्धा केही ठाउँमा पुगेका प्रति आशा मेटाउन नसक्दा आक्रोसित छन किनकि सत्ता त्यति सजिलो छैन जहाँ सम्झौतामा चल्दा हिजो बोकेका र उठाएका महत्त्वपूर्ण एजेन्डा सम्झौतामा आउनेका बर्खिलापमा थिए र त्यी तुहहिएका छन अनि त्यस्लाई उठान नगरि पुर्णता पाउदैन पुर्णता नपाउदै सिनमा सबै एकै रङको देखिन्छ र फरक अनुभुतिको सपना देखेको बर्ग अलमलमा पर्नु स्वभाबिक नै हुन्छ । र अनि थाकेका योद्धा हरु हाम्रै ठेक्का छ भन्ने सोचमा पुग्छ र उ पनि त्यहि बाताबरणमा रमाउन सुरु गर्छ आजको माओवादी केन्द्र भित्रको समस्या त्यो हो र सिसा सरि नै बिभाजनको मुख्य कारण नै यहि हो । जब सामुहिक एजेन्डा भन्दा ब्याक्तिगत एजेन्डाले जित्दै जान्छ अनि बिभाजनको सुरुवात हुन्छ । त्यो सुरुवातले नयाँ समूह गुट र संरक्षकको खोजि गर्छ अनि एक अर्कामा दरार सिर्जना हुँदै जान्छ र त्यो पर सम्म टिक्न अबस्य सक्दैन र दुई ध्रुबमा बाँडिनुको बिकल्प रहदैन । यहि आजको यथार्थ चित्रण हो । तर यसलाई कमजोरिको मुख्य पाठ सबैले मानेर ” नेतृत्वमा चुस्तता कार्यकर्तामा ब्यस्तता ” को नीति अबल्मबन गरेर अघि बढे मात्र कम्युनिस्ट आन्दोलनको मुख्य कार्यभार पूरा गर्न सकिन्छ । अब नयाँ पुस्ताले यस्को समीक्षा गरेर अघाडि बढ्नै पर्छ एकता रुपान्तरण फेरि एकता नै आजको आबस्यकता हो कम्युनिस्ट र परिबर्तन कारि सबै सक्तिको ध्रुबिकर्ण नै समाज रुपान्तरण र अबस्था परिबर्तन को मुख्य आधार स्तम्भ हो । यो पुस्तामा हस्तान्तरण भैसकेको छ केही पार्टीको बिडो थाम्न सालिकको रुपमा पुराना नेता उभिएपनि कार्यनयन को जिम्मेवारी नयाँ पुस्ताको आतमा आएको कुरा प्रष्ट र छरप्रष्ट देख्न सकिन्छ त्यस्को ब्यबस्थापन र असल नेतृत्व को नै आज जब्बर रुपमा देखा परेको समस्या हो यस्को बिकल्पको खोजि छरप्रष्ट भएर भौतारिएको छ नयाँ शक्तिको उदय हुन्छ र चाँडै हुन जरुरि छ यो कुसल अभिभावकको सामार्थ्य भएका समयमा अगाडि देखा पर्न आबस्यक छ । यो समय सगै परिबर्तनको खोजि गर्ने समाजको माग हो । हिजो देखि अहिले सम्म जतिपरिबर्तन भए त्यति बिकसित रुप हुन अघिल्लो ले गरेको परिबर्तन को जगमा टेकेरनै अघि बढेको प्रष्ट छ अघिल्लो आन्दोलनले पछिल्लो आन्दोलन को सिर्जना गरेको र बाँकि कार्यभार पुरागरेन नै बिकसित आन्दोलन भएको साथै अघिल्लो आन्दोलनले भबिष्य सम्मको माग पूरा गर्न नसकेको मात्र हो आन्दोलनको बर्तमानलाई संबोधन गरेरै आन्दोलन सम्पन्नता पाएको कुरा प्रष्ट देखिन्छ ।