मन्त्रीको आस थियो, सभामुख बने नन्दा गुरुङ
कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङसँग गरिएको कुराकानी
१, संघिय संरचनापछि कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि सभामुख निर्बाचित हुनुभयो । सभामुख बन्दा कस्तो अनुभुती गर्नुभयो ?
संघिय संरचना कार्यन्वयन भएपछिको नेपालका सात वटै प्रदेशमा पहिलो महिला सभामुख बन्ने अवसर मैले पाँए । यो अवसर प्रदान गर्ने नेकपा एमाले पाटी, सत्ता गठबन्धन भित्रका राजनीतिक दलहरु र सिंगो कर्णालीका सांसदहरुले न्यायको पक्षमा उभिए । मुलधारको राजनीतिमा आउन नसकेको, समाजमा पछाडी पारिएको महिलालाई मुल नेतृत्वमा विस्वास गरे । मैले निरन्तर राजनीतिमा लागेर जीवनको उतार्धमा ठुलै सफलता पाएको जस्तो लागेको छ । यो अवसर पाँउदा मलाई नेपालमै कर्णालीले नयाँ इतिहास रचेको अनुभुति गरेको छु ।
२, सभामुख पद तपाईको रोजाई कि पाटीको निर्णय ?
मलाई त सांसद भईसकेपछि प्रदेश सभाको सभामुख बन्छु जस्तो लागेको थिएन् । कर्णालीमा एमाले प्रतिपक्ष बस्ने अवस्था थियो । म प्रतिपक्षको सांसद भएर संसदमा कर्णालीका जनजीबिकाका सवालहरु कडा रुपमा उठाउछु भन्ने लागेको थियो । एकाएक राष्ट्रिय राजनीतिमा फेरबदल भयो । तत्कालिन कांग्रेस माओबादीको गठबन्धन टुटेर एमालेसँग माओबादीको गठबन्धन भयो । कर्णालीमा सरकारको नेतृत्व एमालेले पाउछ जस्तो लागेको थियो । त्यस अवस्थामा म मन्त्री भएर जनताका आबश्यकता सम्बोधन गर्ने र कर्णालीका सम्भावनाहरु उर्जागर गरी समृद्ध कर्णाली बनाउने अठोट गरेकी थिए । जनतासँग जोडिएर काम गर्न पाँउथ्ये । तर सत्ता गठबन्धनमा सरकारको नेतृत्व माओबादीले पायो । सभामुख एमालेले पायो । सभामुखमा पाटीले मलाई निर्णय गरेपछि मैले म सक्छु भनेर आँट मात्र गरेकी हौँ । पाटीको निर्णय अनुसार जुनसिुकै जिम्मेबारी आएपनि पुरा गर्न सक्छु भन्ने आँट थियो । मलाई त मन्त्री हुने हुट्हुटी पनि थियो । पाटीले निर्णय गरेर सभामुखको उम्मेद्वार बनायो । मैले सहर्स स्वीकार गरे । तर जे भयो त्यो रामै्र भयो ।
३, पहिलो पटक संसद संचालन गर्दा कत्तिको सहज असहज लाग्यो । विगतमा राजनीतिक वा अन्य बैठकहरु संचालन गर्दा र संसद बैठक संचालन गर्दा के फरक पाउनुभयो ?
मैले नितान्त फरक अनुभुती गरे । विगतमा बिभिन्न बैठकहरु संचालन गरेको छु । पाटीका, संघ संस्थाका, संगठनका, समुहका बैठकहरु संचालन गरे । राजनीतिक वा अन्य संगठनहरुका बैठक संचालन गर्ने र संसद बैठक संचालन गर्ने प्रक्रियाहरु निकै फरक हुने रहेछ । मलाई त बोल्दा बढी बोल्छु कि जस्तो लाग्यो । केही बिगारीहाल्छु की जस्तो लाग्यो । तर केही बिगार्न त बिगारिएन । मनमा चै निकै फरक खालको अनुभुती गरेको थिए । किन भने राजनीतिक वा अन्य बैठकहरुमा बोल्दा मनमा लागेको सबै कुरा बोल्न पाईन्थ्यो । यहाँ मापन गरेर बोल्न पर्छ । म अली बढि, चर्को स्वरमा बोल्न बानी परेको मान्छे । कता कता असहज लागिरहेको थियो । तर राम्रैसँग बुधबारको बैठक संचालन गरेर उपसभामुखको निर्बाचन गराईयो । बिस्तारै सबै कुरा सिक्दै अनुभव लिदै अगाडी बढिन्छ ।
४, सभामुख पद संबैधानिक पद हो । यो साझा पद हो । यो जिम्मेबारी कसरी निभाउनु हुन्छ ?
चुनावमा उम्मेद्वार हुँदा पार्टीको उम्मेद्वार थिए । संसदमा आईपुग्दा म कुनै पार्टीको तर्फबाट आएको सांसद थिए । तर अब सभामुख बनिसकेपछि मेरो जिम्मेबारी साझा बनेको छ । म सबैको बनेको छु । संबिधानले दिएका अधिकारहरु प्रयोग गरी साझा भुमीका निर्बाह गर्छु । संसदलाई मर्यादित र जीबन्त बनाउछु । संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको भावना अनुसार सबैसँग समन्वय सहकार्य गरेर अगाडी बढ्छु । म साँझा व्यक्ति हुँ । साझा जिम्मेबारी छ । म जुन पार्टीबाट आएको हुँ त्यसैको भावना अनुसार काम गर्दिन् । म सबै राजनीतिक दलको भावना अनुसार काम गर्छु ।
५, महिलाहरुलाई राजनीतिमा लागेर नेतृत्व लिन धेरै चुनौतीहरु छन् । राजनीतिमा महिला नेतृत्व स्थापित हुन र नेतृत्व प्राप्त गर्न कत्तिको सहज छ ?
सहज त छैन नि । समान्यतया परिवारको अधिनमा रहेर, घरायसी काम गरेर, सन्तान हुर्काएर राजनीतिक तथा सामाजिक काम गर्न भनेजस्तो सजिलो त कहाँ छ र । तर पनि असहजताका बीचबाट सहज बनाउदै अगाडी बढ्नुपर्छ । मैले गृहेणीबाट सामाजिक बन्नका लागि संघर्ष गरे । सामाजिक बन्दा बन्दै राजनीति गर्न थप संघर्ष गर्नु पर्ने अवस्था आयो । मैले समना गरे । समाजले पुरुषलाई सामाजिक काम गर्न जति बेला पनि समय हुन्छ । महिलालाई अलिकति अवेर यात्रा गर्नु परे, घर आउदा कुबेला हुने यस्तो परिबेसबाट अगाडी ढ्नु पर्छ । समाले पुरुषलाई जति बेला पनि हरेक काम गर्न बेला मान्छ, हामीलाई कुबेला मान्छ । पोथी बासेको सुहाउदैन भन्ने समाजमा हामीले नेतृत्व लिन निकै संघर्ष गर्नु पर्छ । हामीले हिड्दा, खाँदा, बस्दा, साथी बनाउदा, संगत गर्दा धेरै कुरा ख्याल गर्नु पर्छ । हरेक कुरा हामीले सोची बुझि अगाडी बढ्नुपर्छ ।
६, तपाईले राजनीतिक जीबन कसरी सुरुवात गर्नुभएको थियो । विगतलाई कसरी सम्झिनुहुन्छ ?
म २०४२ सालमा कक्षा ८ मा पढ्दै गर्दा बर्दियामा कक्षामा एक जना जयलाल अधिकारी दाई हुनुहुन्थ्यो । उहाँले अनेरास्वब्यूको बारेमा बताउनुहुन्थ्यो । बिद्यालयको टिफिन समयमा खोलाको ढिकमा लगेर प्रशिक्षण दिनुहुन्थ्यो । हामीलाई अनाबश्यक लाग्यो । सुने जस्तो गर्ने प्रशिक्षण दिदा दिदै भाग्थ्यौँ । उहाँले पछि म तिमीहरुलाई सिकाउने तिमीहरु भने भाग्ने भन्नुहुन्थ्यो । अनी मेरो दाई पनि नेता हुनुहुन्थ्यो । उहाँ कार्यक्रममा जाँदा मलाई सँगै लिएर जानुहुन्थ्यो । ९ कक्षा पास गर्दा म १६ बर्षकी थिए । मग्नी गरेर सुर्खेतमा मेरो बिबाह भयो । यहाँ आएपछि बिबाह भएको घर पनि राजनीतिक परिवार रहेछ । अनी मैले बर्दियामा बिद्यालय जाँदा अनुरास्वब्यू छैटौँको बारेमा प्रहिक्षण पाएको हुनाले यहाँ आएर २०४९ सालमा एमाले तिर आबद्ध भए । २०५४ सालको स्थानिय निकायको निर्बाचनमा वडा सदस्य भए । मेरो श्रीमान नेपाली कांग्रेस आस्थावान हुनुहुन्थ्यो । म नेकपा एमालेमा आबद्ध भए । म मेरो माईतीको प्रभावले एमालेमा लागे । तर मेरो श्रीमानले आफ्नो पाटीमा लाग भन्नु भएन् । तिमी माईतीबाटै एमाले भएकाले त्यही ठिक छ भन्नुहुन्थ्यो । मेरो जीबनको पहिलो संसदिय निर्बाचन २०५४ सालको वडाको निर्बाचनमा मेरो देवर कांग्रेसबाट म एमालेबाट सँगै चुनाव लडियो । मेरो ससुराले बरु छोरा हारोस, बुहारी जितोस भन्नेर भन्नु हुन्थ्यो । श्रीमानले पनि ल उम्मेद्वार बन भन्नुभयो । पछि देवर भाउजुले नै चुनाव जित्यौँ । मेरो ससुराले देवरले भन्दा मैले चुनाव जितेकोमा खुसी हुनुभयो । पछि पार्टीको वडा सदस्यदेखी गाविस, क्षेत्र हुँदै जिल्ला सदस्य भए । अनेमसंघको वडा सदस्यदेखी जिल्ला अध्यक्षसम्म भए । हाल पाटीको प्रदेश कमिटि सदस्य थिए । प्रदेश सांसद भएर अब त सभामुख पनि भईयो । अहिले सबै परिवार मलाई नै साथ दिई रहेका छन् ।
७, झण्डै ३५ बर्ष राजनीतिक जीबन बिताउनुभयो । अझै पनि सक्रिय राजनीतिमै हुनुहुन्छ । राजनीति भनेको के हो जस्तो लाग्छ ?
राजनीति भनेको शासन गर्ने मुल नीति हो । समाज रुपान्त्रणको लागि माउ नीति हो । विकास र समृद्धिको जग हो । समाज, देश र व्यवस्था परिवर्तन गर्न राजनीति नै आबश्यक हुन्छ । जनता र मुलुकको हितमा काम गर्दै समाज सेवा गर्दै मुलुकको नेतृत्वमा जाने बाटो हो । जनतालाई सचेत बनाउने, सक्षम बनाउने र नेतृत्व विकास गर्ने मेरुदण्ड हो । राजनीति हरेक घरमा छ । टोलमा छ । समाजमा छ । म राजनीति गदर्दिन भन्ने मान्छेहरुले पनि राजनीति गरिरहेका हुन्छन् । यो मानव समाजसँगै जोडिएको बिषय हो ।
८, महिलाहरुलाई नेतृत्वमा पुगाउनका लागि बिगतमा बिभिन्न कोणबाट महिला आन्दोलनहरु भए । जसको उपलब्धि मुलुकका तीन वटै तहका सरकारहरुमा संबिधानले नै महिला लगायत पछाडी परेका बर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चितता गरायो । तपाईको बिचारमा संबिधानमा भएको व्यवस्था अनुसार कार्यन्वयन तहमा कत्तिको प्रभावकारी भएको मान्नुहुन्छ ?
संबिभानले राज्यका हरेक तहमा महिला सहभागिताको सुनिश्चितता गरेको छ । वडादेखी नै महिला सदस्य, स्थानिय तहमा प्रमूख वा उपप्रमूख मध्य एक महिला अनिबार्य हुनुपर्ने, संसदमा ३३ प्रतिशत सहभागिता गर्ने जस्ता महत्वपुर्ण व्यवस्थाहरु गरियो । यसले महिला नेतृत्व विकास गर्नका लागि ठुलो राहत पुगेको छ । हेर्नुस त कर्णाली प्रदेशमा प्रदेश सभाको सभामुख र उपसभामुख समेत महिला चुनिएका छौँ । नेपालमा राष्ट्रपति, प्रधानन्यायधिश, केन्द्रको सभामुख समेत महिला बनिसक्नुभयो । कर्मचारीतन्त्रमा पनि बिभिन्न मन्त्रालयको सचिव, जिल्लाका सिडिओ, अन्य कार्यालय प्रमूखहरु महिला बन्नुभएको छ । यो सबै संबिधानले व्यवस्था गरेको समावेशीताले नै हो नि । पछिल्लो समय राजनीतिक दलमा पनि महिला नेतृत्व ल्याउनका लागि प्रयासहरु भईरहेका छन् । जति हुनुपर्ने हो सतप्रतिशत भएको छैन् । तर कम्तीमा सन्तुष्टि लिने अवस्थामा भने पुगेका छौँ ।
९, महिलाहरुलाई नेतृत्वमा आउनका लागि मुख्य चुनौतीहरु के हुन जस्तो लाग्छ हजुरलाई ?
महिलाहरु नेतृत्वमा आउनका लागि चुनौतीका चांङ छन् । अहिले पनि गाँउमा छाउपडी प्रथा मान्छन् । घरायसी काम महिलाहरुकै हो भन्ने सोच छ । समाजले परापुर्वकालदेखी बनाईउका बन्धनहरु अहिले पनि कायम छन् । समाजमा व्यापक रुपमा अशिक्षा छ । अन्धविस्वास छ । मुलुकमा बनेका कानुनहरु कार्यन्वयन प्रभावकारी छैन् । महिला सशक्तिकरण गर्नका लागि गर्नुपर्ने कामहरु पनि व्यापक रुपमा भएका छैनन् । २१ औँ सताब्दीमा पनि महिनाबारी बार्न बाध्य पारिन्छ । संबिधानले त यो दण्डनिय बनाएको छ नि । तर गाँउमा यसको प्रभाव कम छ । अहिलेसम्म हरेक क्षेत्रमा महिलाको तुलनामा पुरुषहरुको बर्चस्व छ । महिलाहरुले पनि नेतृत्व गर्न सक्छन् र ? भनेर प्रश्न गर्छन् । समाजमा अहिले पनि महिलाहरु काम गर्न सक्दैनन्, नेतृत्व लिन सक्दैनन् भन्ने धारणा छ । महिलालाई नेतृत्व स्वीकार गर्न पुरुषहरु मानषिक रुपमा तयार भईसकेको अवस्था छैनन् । विगतको जस्ता त छैन् । केही सुधार भएको छ । बिस्तारै शिक्षित र सचेत समाज निर्माण भयो भने महिलाहरुलाई नेतृत्वमा पुग्नका लागि अझै सहज बन्दै जान्छ ।
१०, तपाईले राजनीतिक जीबका चुनौतीहरु कसरी व्यवस्थापन गर्नुभयो । वडा सदस्यदेखी सभामुखसम्म कसरी पुग्नुभयो ?
म राजनीतिमा २०४२ सालदेखी लागेपनि सक्रिय राजनीति २०४८ सालदेखी सुरु गरे । २०५४ सालमा वडा सदस्य निर्बाचत भएपछि झन राजनीतिमा लागिरहन ठुलै हौसला प्राप्त भयो । तर मरो जीबनकै ठुलो दुर्भाग्य मेरो श्रीमान बित्नुभयो । हाम्रो परिवार अलग भईसकेको थियो । मेरा दुई छोरी एक छोरा थिए । ठुलो छोरी २ कक्षा सानो छोरी एक कक्षामा पढ्दैथिन् । कान्छो छोरा त ढाई बर्षको मात्र भएको थियो । मेरो कुनै जागिर थिएन् । घरमा काम गरेर छोराछोरीको पढाई खर्चको जोखो गर्नुपथ्र्यो । श्रीमान बितेपछि दुई बर्ष त मेरा सबै कामहरु रोकिए । २०५६ सालदेखी फेरी एकल महिलाको समुहबाट फेरी सामाजिक काममा सक्रिय भए । पाटीको राजनीति पनि सँगसँगै गरे । कक्षा १० मै बिबाह भएपछि मेरो पढाई रोकिएको थियो । पछि एकल महिलाबाट काम गदागर्दै गर्दा परिवारको खर्च चलाउन जागिर खानुपर्ने अवस्था आयो । मेरो सटिफिकेट थिएन् । २०६५ सालमा नेवारे माविमा एसएलसी दिनका लागि भर्ना भए । त्यति बेला सबैले भन्थ्ये, यहाँबाट एसएलसी पास गर्न सक्दीनस । जाजरकोट कालिकोटबाट दिन जा । तर मैले मानिन, यतैबाट एसएलसी पास गर्ने अठोट गरे । गरे पछि असम्भव के छ र भन्ने लाग्यो । २०६५ सालमा रेगुलर एसएलसी पनि पास गरे । २०६६ मा नमाविमा कक्षा ११ मा पढ्न गए । त्यहाँ शिक्षकहरुले भर्ना हुन दिएनन् । व्यवस्थापन समितिको अध्यक्षलाई फोन गरेर भर्ना गर्न बाध्य बनाए । रेगुलर ११ र १२ कक्षा पनि पास गरे । २०६८ मा शिक्षा क्याम्पसमा बिएड भर्ना भएर ०७१ मा बिएड पनि पास गरे । पार्टीको काम पनि गरिरहेका थिए । अहिले आएर पाटीले समानुपातिक उम्मेद्वार बनायो । सांसद हुँदे सभामुख पनि भए । मेरो संघर्षको कथा निकै कष्टकर छ ।
११, अन्तयमा तपाईको भन्नुपर्ने कुरा केही बाँकी छ ?
सुरुमा म तपाई र तपाईको मिडियालाई धन्यबाद दिन चाहान्छु । किन भने मैले बिगतमा भोगेका र गरेका कामहरुको बिषयमा सम्झने र जनताका सामु पस्किने अवसर प्रदान गर्नुभयो । कर्णालीमा बिकटता, अभाव, गरिबी, अशिक्षा मात्र छ भन्ने गरिन्छ । कर्णालीका सम्भावनाहरु उजागर गर्नका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीबी र आम नागरिकहरुको उल्लेख्य भुमीका आबश्यक छ । प्रचुर सम्भावना बोकेको कर्णालीलाई समृद्ध बनाउनु छ । संसदलाई कर्णालीका साझा समस्याहरु केलाउने र समाधान गर्ने थलो बनाउनु छ । मलाई यो स्थानमा पुगाउने आम मतदाता, मेरो पाटी र अन्य साझेदार दलहरु, निर्बाचन सम्पन्न गराउने राष्टसेवक कर्मचारी, सुरक्षा निकाय लगायत सबैलाई धन्यबाद दिन चाहान्छु ।
ई-कर्णाली खबर
११ फाल्गुन २०७९, बिहीबार ०२:२९