Loading... आजः ३ असार २०८१, आईतवार

डा.महेन्द्रकुमार मल्लको ‘सरगम’ गजल गीत लोकार्पण


सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं साहित्यकार डा. महेन्द्रकुमार मल्लद्वारा रचना गरिएको ‘सरगम’ गजल गीत लोकार्पण भएको छ । पछिल्लो पुस्तामा प्रम र र बिछोडको समस्यालाई चित्रण गर्दै गजल मार्फत प्रस्तुत गरिएको उक्त गजल गितलाई एक औपचारीक कार्यक्रम आयोजना गरी उक्त गजल गीत लोकार्पपण गरिएको हो ।
प्रेमभावसहित बिछोडको पीडा बोध हुने उक्त गजल गीतमा सुर्खेतकै श्रष्टा संगितकार शिवसंगितले स्वर दिएका छन् । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाहीले उक्त गजल गीत लोकार्पण गरेका हुन् । गजल गित लोकार्पण गर्दै पुर्व मुख्यमन्त्री जीबनबहादुर शाहीले कर्णाली लोक संस्कृतिको धनी प्रदेश रहेको बताउदै पछिल्लो समय गजल गितले पनि राम्रो चर्चा कमाएको बताए । उनले भने, आफुलाई पनि साहित्यमा रहर जाग्छ । साहित्यले समाजलाई परिवर्तन गर्छ । समाजको यथार्थ चित्रण देखाउँछ । यो गजल गितले पनि समाजको यथार्थलाई नै चित्रण गरेको छ ।
बरिष्ठ अधिवक्ता तथा कर्णाली प्रदेश सरकारका पूर्व न्यायाधिवक्ता धुव्रकुमार श्रेष्ठले कर्णालीमा संगीतको माहोल राम्रो हुँदै गईरहेको बताए । उनले भने, कर्णाली गित संगितमैत्री छ । अहिले पनि अधिकांश मानिसहरु आफ्नो दैनिक काम गर्दा गित संगित सुनिरहेका हुन्छन् । यो गजल निकै मार्मीक र सन्देशमुलक भएकाले धेरैको रोजाईमा पर्ने पक्का छ । कार्यक्रममा साहित्यकार, गीतकार तथा नेपाली भाषा साहित्य विद् डा.महेन्द्रकुमार मल्लले विद्यार्थी जिवनदेखि रचनामा रुचि रहेपनि ब्यस्तताले जीवनको पछिल्लो समय आफुलाई रचनातिर अग्रसर गराईरहेको बताए । उनले भने, पहिले पहिले रचना मेरो लागि रहर थियो । अहिले त नियमित काम जस्तै भएको छ । कार्यक्रममा रचना बाचन समेत गरिएको थियो । मध्यपश्चिम गजल मञ्ज सुर्खेतले गीत लोकार्पण एंवम रचनावाचक कार्यकम गरेको थियो ।