नेपालको मध्यपहाडको समृद्धिको आधार मध्यपहाडी लोकमार्ग यात्रा गर्दा…….
मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशक बित्यो । राष्ट्रिय गौरबको यो आयोजनालाई कर्णालीबाट कोसी प्रदेशको सिमानासम्म यात्रा गर्दा नेपालको सबै प्रकारको हावापानी, सबै प्रकारको लोक संस्कृति, सबै प्रकारको भुगोल र स्थानहरुको अवलोन गर्ने अवसर मिल्यो ।
यो आयोजनाले नेपालको महाभारत श्रृंखला भन्दा माथिको मध्य पहाडी भागका २६ जिल्लाहरु तथा २ सय १५ बस्तीहरुलाई जोड्ने गरी रेखाङकन गरिएको पुष्पलाल मध्यपहाडी लोमार्गको सुर्खेतदेखी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारसम्म अवलोकन गरियो । आर्थिक बर्ष २०६४÷०६५ बाट सुरुवात भएर २०७९÷०८० सम्म सम्पन्न गर्ने लक्ष्य लिईएको यो राजमार्ग हालसम्म ६८ प्रतिशत काम सम्पन्न भईसकेको छ ।
पुर्वी नेपालको पाँचथर जिल्लाबाट सुरु भएर सुदुरपश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म करीव १ हजार ८ सय ७९ किलोमिटर दुरी रहेको नेपालको पुर्व पश्चिम जोड्ने छोटो दुरुको राजमार्ग हो मध्यपहाडी लोकमार्ग । हामी सुर्खेतको वीरेन्द्रनगरदेखी पहिलो दिन जाजरकोट सदरमुकाम खलंगा बजार घुम्यौँ । त्यहाँको ऐतिहासिक दरबार, गर्मीयाममा पनि सितल दिने लेकाली लोभ लाग्दा डाँडाहरु छिचौल्दै ओरालो लागेर सानी भेरीको किनारै किनार रुकुम पश्चिम पुग्यौँ । रुकुम पश्चिमको सदरमुका मुसिकोट नगरपालिकामा रहेको भाईरल पुलमा फोटा खिचियो । रुकुम पश्चिमको पुरा दृश्यअवलोकन गरियो । त्यहाँबाट लेकाली बाटो लागेर अगाडीको फिरफिरे डाँडाका खाजा खाईयो । बेलुका घाम डुब्ने बेलामा रुकुम पश्चिम पार गरेर रुकुम पुर्व प्रवेश गरियो ।
रुकुम पुर्वमा प्रवेश गर्दा सिस्ने गाँउपालिका पुगियो । जहाँ रुकुम पुर्वको सदरमुकाम पनि रहेछ । नेपालको कान्छो जिल्ला कालिकोटको मान्छे नेपालमा ७७ जिल्ला हुँदा छुट्टिएको रुकुम पुर्वको प्रवेशको पहिलो भ्रमण कमल तालमा पुग्यिौँ । पुरा तालभरी कमलको उम्रिएको देखियो । सायद हिलोमा फुल्ने कमलको फुल भनेर निकै सुनेको भएपनि पहिलो पटक कमलको फुलसँग साक्षतकार गर्ने अवसर मिल्यो । तालको वरिपोरी धेरै मानिसहरु फोटा खिचिरहेका थिए । हामीले पनि फोटा खिच्यौँ । मसँग युवा व्यवसायी कृष्ण श्रेष्ठ, भुपेन्द्र बिसी, पत्रकार गोबिन्द केसीसहितको टिम थियो । पहिलो दिन हामीलाई रुकुम पुर्वमा नै साँझ प¥यो । रुकुम पुर्वको सिस्ने गाँउपालिका स्थित बिएलबि गेष्टहाउसमा बास बसियो । जहाँ पुगेपछि मध्यपहाडी राजमार्गको दैलेखदेखी जाजरकोट, रुकुम पुर्व र पश्चिम हेर्ने इन्जीनियरहरु युवराज पोखरेल र होमनाथ पौडेलसँग जानकारीमुलक कुराकानी पनि गरियो । उनीहरुले हामीलाई अगाडी हामी जाने रुट र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी गए । त्यसले हामीलाई थप यस लोकमार्गको जानकारी गरायो ।
दोस्रो दिन रुकुम पुर्वबाट यात्रा थालनी गरियो । त्यहाँबाट २ किलोमिटर मात्रि अगाडी हिडेका थियौँ । त्यहाँ जनयुद्धमा ज्यान गुमाएको लडाकुहरुको शालिकहरु देखियो । जसलाई सहिद स्मारक भन्ने रहेछन् । त्यहाँबाट ५ किलोमिटर अगाडी गुरिल्ला मार्गको पनि अवलोकन गरियो । निकै रमाईलो पहाडी सुन्दर भु–भागहरुबो बीचबाट दुई लेनको कालोपत्रे गरेको सडकमा गाडीको गति पनि आनन्दको थियो । हाम्रो गाडी व्यवसायी कृष्ण ?ेष्ठले चलाईरहेका थिए । हामी भने मध्य पहाडका सुन्दर डाँडाकाँडा हेरेर मख्ख पर्दै यात्रा गरिरहेका थियौँ । रुकुम पुर्वको यात्रा गर्दै गर्दा बाटोमा कृतिम झर्ना, वनमा पाकेको ऐसेलु, बाटोमा राखेका स–सना पसलहरुमा लोकल केराको स्वादले हामीलाई निकै आनन्दित बनायो ।
झण्डै ३ घण्टाको दुरी पार गरेपछि हामी रुकुम पुर्व र बाग्लुङको सिमानामा पर्ने लेकाली भेक पाति हाल्ना पुग्यौँ । जहाँ बैशाखको महिनामा पनि हिउ देखियो । निकै सुन्दर तर चिसो लाग्ने डाँडामा दुई वटा होटल पसलहरु पनि थिए । जहाँ मिठो कफि खान पाईयो । सडकको नालीमा रहेको हिउ पनि खेलियो । साथीहरु केही बेर त्यही रमायौँ । त्यसपछि हाम्रो यात्रा थप अगाडी बढ्यो । हामी दोस्रो दिनको खाना खान बाग्लुङ जिल्लाको बुर्तिवाङ बजार पुगियो । बुर्तिवाङ बजार मध्यपहाडी राजमार्गकै कारण चर्चित बनेको सुन्दर बजार रहेछ । त्यहाँ स्थानिय रेडियोमा काम गर्ने पत्रकार साथी छबिलाल पाण्डेको सिफारिसमा स्थानिय थकाली होटलमा स्वादिष्ट खाना खाईयो । केही बेरा त्यहाँ फोटा खिचेर हामी बाग्लुङ गल्कोट बाग्लुङको सदरमुकाम बाग्लुङ बजार जाने बाटो लागियो ।
बाग्लुङ बजार पुग्दा सिमसिमे पानीले भेटायो । केही बेर रोकिएर हामी पर्वत कुस्मा लाग्यो । पर्वत कुस्मा पुग्दासम्म पानी परिरहेको थियो । पर्वतमा पत्रकार उत्तम अधिकारीले स्वागत गरे । पर्वतको सबै भुगोल र पर्यटकिय स्थानहरुको बिषयमा जानकारी पनि दिए । गर्मी समयमा पनि चिसो अनुभुती गराउने पर्वत सदरमुकाममा बन्झिजम्पले पनि थप सौँन्दर्य बढाएको छ । पवर्तबाट हामी मुटु छुने लुम्लेको हावाले भन्ने चर्चित गितको धुनसँग लुम्लेको डाँडा पुग्यो । त्यहाँबाट सुन्दर पाखा पखेराहरुबाट निकै सहज यात्रा गरेर दोस्रो दिन नेपालकै सुन्दर नगरी पोखरा पुगियो । पोखरा पुगेपछि लेकसाईडको एक होटलमा बसियो । बिहान पोखराको फेवा तालमा ढुंगा चढियो । फेवा तालको बीचमा रहेको तालब्राही मन्दीर दर्शन पनि गरियो ।
तेस्रो दिन हाम्रो यात्रा पोखराबाट तनहुँको तय भयो । पोखराबाट तनहुँ आउदा बीच बाटोमा बन्दै गरेको सडकले केही समय धेरै नै लगायो । बीच बाटोमा एक तलाको निकै सुन्दर गुरुङ होटलमा लोकल कुराको स्वादसँग खाना खाईयो । खाना खाईसकेपछि केहस् समय यात्रा गरेपछि तनहुँको सदरमुकाम दामौली बजार आईयो । दमौली पुगेपछि साथीहरुको सल्लाह तनहुँको निकै चर्चित पर्यटकिय क्षेत्र बन्दीपुर घुम्ने योजना बन्यो । मुख्य बाटो छाडेर करीब २० मिनेटको यात्रा बन्दीपुर आईयो । निकै सुन्दर रहेको बन्दीपुरमा गाडी पार्किङको समस्या भयो । त्यसमाथि ट्राफिक प्रहरीको दादागिरी पनि भोगियो । पर्यटकको घुईचो लाग्ने बन्दीपुरमा ड्युउटी गरिरहेका ट्राफिक प्रहरीको व्यवहार हेर्दा कुनै निकै अपराधिक घटनाहरु हुने ठाँउमा ड्युटी गरिरहेको प्रहरीको भन्दा कुरुप थियो । सडकमा राखिएको गाडी बन्दीपुरको डाँडाबाट एक किलो मिटर अगाडी ल्याएर पार्किङ गरियो । केही समय त्यहाँको बजार क्षेत्र निहाल्यौँ । त्यसपछि त्यहाँबाट फेरी ओरालो लागेर मुख्य राजमार्ग हुँदै आँबुखैरेनी आईयो । आँबुखैरेनीबाट गोरखा नलागेर हामी मुग्लीन हुँदै काठ्माण्डौको जाने बाटो लागियो । त्यहाँबाट काठ्माण्डौ नगएर गल्छीबाट नुवाकोट लागियो । तेस्रो दिनेको साँझ हामीलाई नुवाकोट सदरमुकाममा पत्रकार प्रकाश अधिकारी र शीभ देवकोटाले स्वागत गरे । त्यहाँको भुगोलको बिषयमा जानकारी पनि गराए । तेस्रो दिनको बास पनि नुवाकोटनै भयो ।
चौथो दिन हामी नुवाकोटबाट मध्यपहाडी राजमार्ग छाडेर रसुवा गयौँ । जहाँ चाईनासँग जोडिएको कोरला नाका जाने उद्देश्य थियो । तर रसुवाका प्रमूख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले चाईनाले नाका बन्द गरेको भनेपछि हामी सिमसिम बर्षासँग लामटाङ राष्ट्रिय निकुञ्ज घुमेर त्यहाँबाट फर्कियौँ । रसुवा जाने बन्दै गरेको साँघुरो बाटोमा गाडीलाई साईड दिन पनि एक किलोमिटर पछाडी ब्याग जानुपर्ने समस्या भोगियो । साँघुरो बाटोमा ठुला ठुला ट्रक तथा यात्रुबाहक बसहरुको आवतजावतले निकै असज हुने रहेछ । रसुवाबाट फर्किएर हामी नुवाकोटबो ढलानघर पुग्यौँ । त्यहाँ खाजा पनि खाईयो । केही बेरमा ढलानघरबाट साँघुरै बाटो पानी परेर हिलाम्मे सडक छिचोल्दै काठ्माण्डौको टोखा निस्कियौँ । चाथो दिनको हाम्रो बास काठ्माण्डौमा भयो ।
पाँचौ दिन हामी काठ्माण्डौबाट बिपी राजमार्ग यात्रामा काभ्रे दुलीखेल हूँदै सिन्धुली पुग्यौँ । काठ्माण्डौदेखी ढिलो यात्रा तय भएकाले पाँचौ दिनको साँझपख सिन्धुलीको मन्जरी रिसोर्टमा पुग्यो । सिन्धुली सदरमुकाम नजीकैको डाँडामा रहेको मन्जरी रिसोर्ट निकै सुविधा युक्त रहेछ । त्यही बसियो । पिंङ खेलियो । चराको गुडमा फोटा खिचियो । लगातार पाँचौँ दिनसम्मको यात्राले थाकेको ज्यान भएकाले आरामले निदाईयो ।
छटौँ दिनको बिहान हामी सिन्धुलीको सदरमुकाम माडी बजार घुम्यौँ । जयाँ पत्रकार अनिल भण्डारी, यम चौलागाई, राधिका बुढाथोकी, पुस्कर थापा लगायतका साथीहरुले स्वागत गरे । त्यहाँको भुगोल घुमाए । छैटौ दिन बिहानको खाना पनि सिन्धुलीमा खाईयो । त्यहाँबाट उकालो लागेर सिन्धुली गढी घुमियो । सिन्धुली गढी नेपाली बीर गोरखालीहरुको इतिहास रहेछ । त्यहाँको दरबार, संग्रालय र गढी सबै घेमेर बिपी राजमार्ग हुँदै अगाडी सेतिदेवी माताको मन्दीर दर्शन गरियो । सडकको छेउछाउमा सिसा नै सिसाले सजाएको सुन्दर राजमार्गको भित्तामा सेतिदेवी माताको मन्दीर रहेछ । अनौठो कुरा के रहछ भने, त्यहाँ सडको भित्तामा राखिएका सिसा भित्र जसले पैसा पायो उ मान्छे भाग्यमानी हुने भन्ने धार्मिक विस्वास रहेछ । तर हामीहरुले पैसा खोज्न लागेनौँ । त्यहाँबाट केही घण्टाको सुनकोशी नदीको किनारको यात्रा गर्दा सिन्धुलीकै खुर्कोट पुगियो । खुर्कोटमा कफि खाएर एक घण्टाको यात्रामा घुर्मि पुगियो । घुर्मि सिन्धुली, ओखलढुंगा र खोटाङ जिल्लाको सिमानासँग जोडिने रहेछ । घुर्मिबाट फेरी मध्यपहाडी राजमार्ग जोडियो ।
घुर्मिबाट सुनकोशी नदीको किनारै किनार ५ किलोमिटर यात्रा गर्दा सुनकोशी नदीपार गर्न पुल तरियो । सुनकोशी तरेपछि ओखल्ढुंगा जिल्लाले स्वागत गरेको गेट थियो । ओखलढुंगा पनि छोईयो । त्यहँबाट केही घण्टाको यात्रापछि ओखल्ढुंगा जाने र खोटाङ हलेसी छुट्ने बाटो जैरामघाट पुगियो । त्यहाँबाट बाँया लागेर खोटाङ हलेसी लागियो । जैरामघाटदेखी खोटाङ हलेसी जाने मध्यपहाडी राजमार्ग पुरानो सडक स्तोरोन्नती नगरिएकाले निकै साँघुरो र जोखिमयुक्त रहेछ । सानो कारलाई पनि अर्को गाडी आउदा साईड दिन निकै मुस्कील भयो । कर्णालीको कडा चट्टानी बाटोमा यात्रा गरेकाले भने त्यहाँ धेरै डर लागेन । त्यहाँबाट २ घण्टाको यात्रा पछि हामी खोटाङ जिल्लाको हलेसी नगरपालिकामा पुग्यौँ । हाम्रो छैटौँ दिनको बास खोटाङ हलेसीमा भयो ।
हाम्रो यात्राको साताँै दिन बिहान हलेसी महादेवको मन्दीर दर्शन गरियो । मध्यपहाडी लोकमार्गको छेउमै रहेको हलेसी महादेवको मन्दीर धार्मिक तथा ऐतिहासीक हिसावले निकै चर्चित र नेपालको पुग्नै पर्ने धार्मिक गन्तव्य रहेछ । कडा चट्टान भित्र महादेवको मुर्ति राखेर सजाईएको उक्त मन्दीर प्रवेश गर्नासाथ हाम्रो यात्राको सातौँ दिनसम्मको थकाई हरायो । केही बेर मन्दीर वरिपोरी घुमियो । फोटा खिचियो । टिकटक बनाईयो । महादेवको नाममा केही समय आनन्दले रमाईयो । केही घण्टापछि हामी हलेसी महादेवको मन्दीर दर्शन गरेर खोटाङ जिल्लाको दिक्तेल बजार पुग्यौँ । दिक्तेल बजार पुग्दा पत्रकार दमन राई र राजन थताले स्वागत गरे । ती साथीहरुले खोटाङ जिल्लाको दिक्तेल बजार घुमाए । सातौ दिनको बिहानको खाना पनि त्यही खाईयो ।
केही बेरमा साथीहरुसँग बिदा मागेर हामी मध्यपहाडी राजमार्ग हुँदै भोजपुर जाने उद्देश्य थियो । तर दिक्तेल बजार नजीकै मध्यपहाडी राजमार्गमा बन्दै गरेको पुलमा ठुला ठुला खाल्डाहरु र पानी परिरहेकाले हिलो बाटोमा हाम्रो गाडी जान सकेन् । हामीले यो यात्राको त्यही बिट मारेर पुन खोटाङ हलेसी फर्कियौँ । त्यहाँबाट ओखलढुंगा जाने यात्रा तय भयो । नेपालकै सुन्दर जिल्ला ओखलढुंगा भ्रमण गरेर तराई फर्किने हाम्रो लक्ष्य थियो । हलेसीबाट चार घण्टामै हामी ओखल्ढुंगा पुग्यौँ । ओखलढुंगामा पत्रकार टेकबहादुर खड्का, सरस्वती बानिया, राजकुमार कार्की, शीभ ढुंगाना, नवराज कार्की लगायतका साथीहरुले स्वागत गरे । बुलुका कवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान, श्रोष्ठा पार्क लगायतका ओखल्ढुंगाका धेरै पर्यटकिय तथा इतिहासका ठाँउहरु अवलोक गर्ने अवसर पायौँ । हाम्रो सातौ दिनको बास ओखलढुंगाको रमाईलो डाँडामा रहेको अर्गानिक होटलमा भयो । त्यहाँको अर्गानिक स्वादिष्ट खाना र निकै आरामदायी बास बसियो । त्यहाँका अन्नपुर्णकर्मी शीव ढुंगाना, पत्रकार टेकबहादुर खड्काको बलमा आठौँ दिनमा बिश्वको सर्वोच्व शीखर सगरमाथाको जिल्ला सोलुखुम्बु जिल्ला पुग्ने र सगरमाथासँग फोटा खिच्ने योजना बन्यो ।
आठौँ दिन बिहानै उठेर हामी ओखल्ढुंगाबाट सोलुखुम्बु लाग्यो । ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमाना पत्ताले बजारबाट सगरमाथासँग फोटा खिच्ने रहर पुरा भयो । त्यहाँबाट अगाडी गएर सोलुखुम्बु जिल्लाको सल्लेरी बजार पनि निहाल्यौँ । त्यहाँबाट फेरी फर्किएर हामी ओखल्ढुंगा सदरमुकाम आयौँँ । ओखल्ढुंगाका डिएसपी दिपक केसीले हामीलाई स्वागत गरेर त्यहाँको बिषयमा थप जानकारी पनि दिए । केही समयपछि हामी ओखल्ढुंगाबाट पनि फर्किएर फेरी सन्धुली हुँदै मधेश प्रदेश प्रबेश गरियो । मधेको जनकपुर पुग्यो । हाम्रो आठौँ दिनको बास जनकपुरमा भयौँ । बेलुका जनकपुरमा रातीको आरती पनि हेरियो । पत्रकार अजित तिवारी, सन्तोष सिंह, टंक क्षेत्री लगायतका साथीहरुले त्यहाँका घुम्नै पर्ने स्थानहरुका बिषयमा जानकारी गराए ।
९ औँ दिन बिहान जनकपुरबाट महोत्तरी जिल्लाको जलेस्वर आयौँ । जलेस्वर महादेवको मन्दीर दर्शन गरियो । त्यहाँका जिल्ला प्रहरी प्रमूख एसपी प्रकाश मल्लले स्वागत गरे । बिहानको खाना जलेस्वरमा खाएर हामी दिउसो सर्लाहीको यात्रामा लाग्यौँ । सर्लाहीको चर्चित पर्यटकिय स्थल भरत ताल घुम्ने हाम्रो योजना थियो । नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले हामीलाई भरत ताल भ्रमण गर्ने अवसर दिए । सर्लाही जिल्लाको बागमती नगरपालिका प्रमूख भरत थापाको परिकल्पनामा १ सय २६ बिघा जमीनमा भरत ताल निर्माण हुँदै रहेछ । हाल ६० बिघाको तालमा पानी जहाँज चलाईएको रहेछ । ताल आसपासमा सुविधायुक्त होटल पसलहरुमा पनि मानिसहरुको निकै घुईचो लाग्ने रहेछ । अधिकांश पर्यटकहरु भारतबाट आउने रहेछन् । हामी पनि भरत तालमा पानी जहाज चढ्यौँ । खाजा खायौँ । कही घण्टा रमायौँ । तत्कालिन नेपालकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानी जहाजको कुरा गर्दा अनौठो लाग्यो । तर भरत तालमा पानी जहाज चढ्दा गरे पनि हुने रहेछ नी जस्तै लाग्यो । झण्डै तीन घण्टा बितेको पनि पत्तै भएन् ।
त्यहाँबाट हामी रौतहडको यात्रामा लाग्यौँ । रौतहडको चन्द्रनिगापुरमा पुगेपछि पत्रकार शीब पुरीको सल्लाहमा रौतहडको चर्चित परिकार कटिया खाईयो । कटिया माटोको भाँडामा खसीको मासु अर्गानिक मसला हालेर आगाको कौँलमा पकाईने रहेछ । त्यसको स्वादको त झन कुरै नगरौँ । अहिले सम्झिदा पनि मुखै रसाएर आउछ । कटियाको स्वाद लिएर हामी बारा जिल्लाको सिमरा बजार पुग्यौँ । हाम्रो ९ औँ दिनको बास बारा जिल्लाको सिमरा बिमानस्थल नजीकको गौतमराज होटलमा भयो । दशौँ दिन बिहान हामी बारा सिमराबाट जहाजमा काठ्माण्डौँ पुगियो । दशौँ दिनको दिउसो काठ्माण्डौबाट जहाजमै सुर्खेत फर्कियौँ ।
हामी मध्यपहाडी लोकमार्गमा दशौँ दिनसम्म यात्रा गरियो । यो यात्राले मुख्य तीन वटा कुराहरुको अनुभुती गरायो । पहिलो कर्णालीका पहाडी जिल्लाहरु जुन यातायात असुविधाकै कारण पहिले पहिले बसाईसराई बढी गथ्र्ये । पहाडमै सम्भावनाहरु देखाएर मध्यपहाडी लोकमार्गले त्यो बसाई सराईलाई रोक्यो । दोस्रो रुकुम पुर्व र पश्चिम, बाग्लुङसम्मका नागरिकहरुलाई छोटो दुरीमा संघिय राजधानी पुग्ने यात्रा सहज बनायो । तेस्रो नेपालको पुर्व पाँचथर जिल्लाको चियोभंज्यांगबाट पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटलाई एकै पटक पुर्वपश्चिम यात्रा गर्ने अवसर दिलायो । मध्यपहाडी लोकमार्गले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, पुर्वी रुकुम, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलदुरा र बैतडीसम्मको नेपालको भ्रमण गर्ने सहज रुट बनाएको छ ।
निष्कर्षमा ः मध्यपहाडी लोकमार्ग नेपालको सडक संजालको ठुलो महत्व बोकेको दुर्गामी लाभको राजमार्ग हो । यो १ हजार ८ सय ७९ किलोमटिर राजमार्गमा १ हजार ३ सय १९ किलोमिटर कालोपत्र भईसकेको छ । बाँकी कालोपत्रेको काम भईरहेको छ । यो राजमार्गमा १ सय ३७ वटा पुलहरु बन्ने रहेछन् । जसमा ९९ वटा पुल बनिसकेका रहेछन् । २३ वटा निर्माणाधिन अवस्थामा रहेछन् । १५ वटा पुलको ठेक्क व्यवस्थापन हुन बाँकी रहेछ । कुल अनुमानित लागत ८४ अर्ब ३३ करोडमा हालसम्म ६२ अर्ब ११ करोड खर्च भईसकेको रहेछ ।
ई-कर्णाली खबर
३० बैशाख २०८०, शनिबार ०१:४०