जुम्ला सिजामा केदारनाथ महोत्सव सुरु
जुम्ला – जुम्ला सिंजामा केदारनाथ महोत्सव सुरु भएको छ । साउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ सिंजा गाउँपालिका– ४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा जुम्लाको स्याउ प्रदर्शनीसमेत हुने सिजा गाँउपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ । तर उचित प्रचारप्रसारको अभावमा सधैं ओझेलमा परिरहेको छ । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने मुख्य लक्ष्य राखिएको छ । “पुर्खाहरुको योगदान, खसहरुको विरासत, भाषा संस्कृतिको जननी, नाथहरुको नाथ, साउनको शुक्ल एकादशी पुण्य कर्म र पर्यटन प्रवद्र्धन गर्न पुगौं केदारनाथ” भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णाली प्रदेशको परम्परागत संस्कृति उत्पादन र रोजगारी परिपुरक भएको बताए । उनले कर्णाली प्रदेश भित्र रहेका परम्परागत लोक, संस्कृत र सव्यताहरु संरक्षण आबश्यक रहेको बताए । उनले भने, अहिले कर्णाली प्रदेशमा रैथाने संस्कृतका रुपमा रहेका महत्वपूर्ण तिर्थस्थलहरुलाई पर्यटकीय गन्तवयका रुपमा बिकास गर्न कर्णाली प्रदेश सरकार लागिरहेको छ । परम्परागत संस्कृतिबाट कर्णालीको जीवन ब्यबहार रुपान्तरण गर्दै उत्पादनमा आधरित रोजगारी सृजना गर्नु आवश्यक छ ।
अहिले ठुलाठुला सहरमा सिस्नो ढिडो, फापरको, रोटी मार्सी धानको माग बढेको र खाने संख्यामा पनि बृद्धि भएकोले उत्पादनमा बृद्धि गर्नु आबश्यक छ । मन्त्री शर्माले भने, अहिले कोदोको रोटी, फाफर, जौ, लठ्ठे कागुनो, खान पाईने र उत्पादन हुने एक मात्रै कर्णाली प्रदेश भएकोले यसलाई संरक्षण गर्नु आबश्यक छ । कर्णाली जे बिक्री गर्छ मुल्यवान नै बिक्री गर्छ भन्ने देखाउनुपर्छ । जुम्ली स्याउको काँचो बिक्रीवितरण बजारमा भएको संसदमा गुनासो भए लगतै कृषि बिकास कार्यालयमा निर्देशन गरि बिक्री वितरण अनिवार्य सिफारिस लागू गरि काँचो स्याउ बिक्रीमा रोक लाएको र भदौ १० देखि बिक्रीवितरण खुल्ला गरिएको छ । जुम्ली घोडा संरक्षण र भेडापालनमा बजेटको ब्यबस्था गरेको र अहिले गोठालो भत्ताबाट भेडा ब्यबसायलाई गर्न प्रदेश सरकारले पकेट क्षेत्र नै निर्धारण गरेको मन्त्री शर्माले बताए ।
कार्यक्रममा कालिकोटको तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्यायले कर्णालीको खस राज्यको राजधानी सिंजाको ऐतिहासिक र बाहादुरीपुर्ण ईतिहासको अहिले पनि महत्व कम नभएको बताए । उनले भने, कर्णालीलाई विकासमा पछाडी पाएपनि नेपाली भाषा र साहित्यको जननी, सिंजा सब्यता र यहाँको गर्मिलो इतिहास सधै जिउदो रहनेछ । अन्याय नगर्ने, अन्याय नसहने यहाँको संस्कार अहिले पनि जिबितै छ । कर्णालीमा धार्मिक, ऐतिहासिक तथा पर्यटकिय हिसावले धनि छ । यसको प्रचार प्रसार कम भएको छ । यहाँ आउने पर्यटकहरुलाई सुविधा दिन नसक्दा कर्णाली ओझेलमा परेको छ ।
ई-कर्णाली खबर
११ भाद्र २०८०, सोमबार ०२:४४