मध्यपान दुरुपयोग एक रोग
नेपालि समाज मदिरा सेवनमा निकै उदार रहेको पाईन्छ । धेरै जात-जातिहरुको लागि यो एक एकता र संस्कारको विषयका साथै धार्मिक र सामाजिक परम्पराको अंश हो । घर घरमा नेपालको थुप्रै ठाऊँमा रक्सि प्रचुर मात्रामा तयार गरि घरैमा बनाउने चलन पनि रहेको छ । प्रति वर्ष लगभग ४० मिलियन लिटर रक्सि, बियर, डिस्टिल्ड स्पिरिड, छ्याङहरु उत्पादन हुने गरेको अनुसन्धान बाट पुष्टि भएको पाईन्छ । अहिले नेपालमा मदिराको प्रयोग घरेलु प्रयोजन र संस्कार वा संस्क्रितिको लागि मात्र नगरि ब्यावसायिक प्रयोजनको लागि यसको प्रयोग दिनानु दिन बढि प्रयोगमा आइरहेको छ जस्तै बियर, वाइन, तथा विभिन्न ब्यान्डको रक्सिको प्रयोग बढेको पाईन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९५४ देखि नै लागु पदार्थ सेवन गर्ने बानिलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ । जसले ३ प्रतिशत शारीरकि र १७ प्रतिशत मानसिक, अध्यात्मिक र भावनात्मक असर मान्दै आएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिएको छ । नेपालको जनगणना २०७८ को तथ्यड्ढ अनुसार नेपालमा युवाको संख्या ४२.५६ प्रतिशत रहेका छन । नेपालको लागु पदार्थ दुव्यसनी एक जटिल समस्या बन्दै गएको छ ।
संयुत राष्ट्र सघंको लागु औषध तथा अपराध हेर्ने कार्यलय ग्ल्इम्ऋ को २०२३ को रिर्पाट अनुसार अफ्रिकामा मात्र लागु पदार्थको प्रयोगवाट उपचाररत रहेका ७० प्रतिशत व्यक्ति ३५ वर्ष भन्दा कम उमेरका र।हेका छन । UNODC को २०२३ रिर्पोट अनुसार विश्वमा २९ करोड ६ लाख लागु औषध प्रयोगकर्ता रहेका छन । UNODC को २०११ के रिर्पाट अनुसार विश्वमा लागु औषध प्रयोगकर्ताको संख्या २४ करोड थिए । पछिल्लो ११ वर्षमा विश्वमा ५ करोड ६ लाखले लागु औषध प्रयोगकर्ता वृद्दि भएको देखिन्छ । नेपालमा लागु औषध प्रयोकर्ता सम्बन्धी सर्वेक्षण २०७६ को तथ्याड्ढ अनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागु औषध प्रयोगकर्ता रहेको छन् । यसअघि २०६९ मा प्रयोगकर्ताको संख्या १ लाख २१ ह्जार ६ सय ९२ रहेको थियो भने २०६३मा भएको सर्वे्क्षणमा जम्मा ४६ हजार ३ सय ९ जना मात्र प्रयोगकर्ता रहेको छ । २०७६ यता प्रयोगकर्ताका बारेमा सर्वेक्षण् गरिएको छैन ।
धेरै जसो मध्यपान सेवन कर्ताले आफु साच्चिकै जडिया हो भनि स्विकार्न चाहदैनन् । आफ्ना साथिहरु भन्दा आफु शारिरिक तथा मानसिक रुपले फरक छु भन्ने बिचारलाई सहज तरिकाले सेवन कर्ता कहिल्यै पनि स्विकार्न रुचाउदैनन् । त्यस कारण सेवन कर्ताले सधै जसो म पनि अरुहरु सरह पिउन सक्दछु भनि देखाउने अनेकौ निरथर्क प्रयासहरुले सेवन कर्ताको मध्यपानको जिवनलाई चित्रण गरिएको छ भन्ने कुरामा कुनै आश्चर्य छैन । जसरि भए पनि कुनै दिन आफ्नो पिउने बानि नियन्त्रण गर्छु र मध्यपानको मजा लिन्छु भन्ने बिचार धारणा हरेक मध्यपान कर्ताले राख्ने ठुलो भ्रम हो । यो भ्रमको लगाब अचम्म हुने गर्दछ । धेरैले यसलाई अनुसरण गर्दै बौलट्टि तथा मृत्युको ढोकामा पुर्याउदछ । मध्यपानको रोगिले आफुलाई अरु साधारण मानिस जस्तै हुं वा हुन सक्दछु भन्ने धारणालाई पुरा पुर हटाउनु पर्दछ । मध्यपानमा आफ्ना नियन्त्रण गुमाएका थुप्रै मध्यपान सेवन कर्ता महिला तथा पुरुषहरुले मध्यपानमा आफ्नो नियन्त्रण पुन कायम गर्न सक्दैन भन्ने कुरा बुझ्न जरुरि छ । मध्यपान सेवन कर्ताले पटक पटक आफ्नो मध्यपानको रोगलाई नियन्त्रण गरेको जस्तो ठान्दछन तर यो साधारण तया छोटो हुने र यस्तो हुदा हुदै नियन्त्रण कम हुदै जाने जसले गर्दा दयनिय अवस्थामा पुगेको पाईन्छ । मध्यपानका रोगिहरु गतिशिल रोगको पन्जामा हुन्छन र कुनै पनि खास समयमा बिग्रिन सक्ने र सप्रन नसक्ने अवस्था सृजना हुन सक्दछ । मध्यपानका रोगिलाई साधारण पिउने मानिस सरह गरेउने यस्तो कुनै औषधी बनिसकेको पाइदैन । मध्यपान प्रयोग कर्ताले आफ्नो मध्यपानको रोगलाई कम गर्न बिभिन्न उपायहरु अप्नाएर कम गर्ने र आफै उपचार गर्ने कोसिस गर्दछन । जसमा बियर मात्र पिएर, पिउने मात्रा कम गरेर , एक्लै नपिएर , बिहान कहिल्यै नपिएर , घरमा मात्र पिएर , घरमा मदिरा नराखेर , अफिस समयमा नपिएर , जम घट भेलामा मात्र पिएर , स्कचको सट्टा ब्राण्डि पिएर , प्राकृतिक मदिराहरु मात्र पिएर , काममा नशा लाग्यो भने राजिनामा दिने कबुल गरेर , कतै टाढा गएर वा नगएर , कहिल्यै नपिउने भनेर आत्म कसम खाएर , आत्म कसम नखाएर , बढ्ता शारिरिक ब्यायाम गरेर , प्रेरणादायक पुस्तकहरु पढेर , स्वास्थ चौकिहरु तथा चिकित्सालयहरुमा गएर , स्वेच्छाले सुधार केन्द्र जाने प्रतिज्ञा गरेर , आदि अनन्त रुपले मध्यपान सेवन कर्ताले यस्ता प्रयास गर्दछन ।
मधयपानको आदत छुटाउन मदिरा कै रोगिहरु बाट प्रयास भएमा मदिरा सेवन गर्ने बानि चाडो हट्न सक्दछ भन्ने कुरा ब्यवहारिक अनुभवहरुले देखाएको पाईन्छ । मध्यपानको आदत हटाउन अरुसबै प्रयास बिफल भएमा यस प्रक्रियाले काम गर्न सक्दछ । मध्यपानमा आदत परेका मानिसहरुको मस्तिस्कमा प्रत्यक्ष असर पार्ने र ब्यवहारमा पनि समस्या ल्याउने हुदाँ उनिहरुको भावनालाई बुझि त्यहि अनुरुपको मध्दत बिभिन्न परामर्श तथा छल फल कक्षाहरु बाट गर्न सकिन्छ ।
यदी तपाईं कुनैपनि खुसियाली (जस्तैः बिबाह, शुभ, समारोह, भोज, भतेर, जन्मदिन), वा कुनैपनि दु:खद क्षण (जस्तै: असफल सम्बन्ध, आत्मियको देहान्त, भौतिक तथा मानसिक पिडा वा अरुको लहलहैमा लागेर रक्सी खान सुरु गर्नु हुन्छ तर रोक्न सक्ने क्षमता तपाईमा छैन भने तपाइलाई Alcoholic वा मध्यपानको रोगि भनिन्छ । मध्यपानको रोग हुनको लागि दिनदिनै रक्सि सेवन गर्नु जरुरी छैन तपाइलाई माथिको व्याख्याले झन् भ्रमित पार्यो भने यो तलको चार मापदण्ड पढ्नुहोस् यसलाई CAGE Criteria भनिन्छ यहाँ तलको सबै criteria हरु गत एक-तीन महिनामा भएको हुनु पर्दछ ।
क. तपाईंले कहिल्यै रक्सीसेवन कम (Cut down) गर्नुपर्यो भनेर सोच्नुभएको छ ?
ख. तपाईंको पिउने बानीको कसैले आलोचना गर्दा रिस उठ्छ (Annoyed) ?
ग. आफनो पिउने बानीप्रति आत्मग्लानि (Guilt) हुन्छ ?
घ। तपाईलाई बिहान उठ्नासाथ (Eye Opener) रक्सि पिउन इच्छा हुन्छ ?
पूर्ण मदिरारहित समाज असंभव प्राय भएतापनि बुद्धिमतापूर्ण सावधानीले यसबाट हुने जटिलता र क्षतिबाट बच्न अवश्य सकिन्छ ।
अल्कोहोल कार्बन, हाईडोजन, र अक्सिजन रसायन मिस्रित यौगिक हो । अल्कोहोल – इथानोल, मिथानोल र आइसोप्रोपानल रुपमा पाइएपनि मानव खपतका निमित्त निश्चित मात्राको इथानोल मात्र योग्य हुन्छ । बाँकी दुइटै अत्यन्त विषालु हुन् । बेलाबखत सुनिने नक्कली रक्सी खाएर सिकिस्त वा मृत्यु भएका समाचाहरुका पछाडी यिनै विषका भूमिका हुन्छन् ।
कुन खाध पदार्थबाट उत्पादित र कति प्रतिशत इथानोल छ भन्ने आधारमा मदिरा विभिन्न किसिम का हुन्छन् ।
वियर, जांड, छ्याड: ३ –५ % इथानोल
वाइन, निगार: १० –१५ % इथानोल
भोड्का: ३० –६० % इथानोल
व्हिस्कि, जिन: ४० –५० % इथानोल
रम: ५० –६० % इथानोल
घरेलु रक्सीमा इथानोलको मात्रा डिस्टिलेशन गरिने संख्या को आधारमा – २० % देखि ६० / ८०% सम्म हुन सक्छ । मख्य मादक पदार्थ इथानोल सबैमा नै हुने हुंदा बराबर इथानोल खपत हुंदा सबै मदिरको असर उस्तै हो र उत्तिकै हानिकारक पनि । आधा पिन्ट वियर वा एक गिलास बियर, १ गिलास वाईन, १ पेग (३० मिमी) व्हिस्कि समान हुन् । स्वस्थ शरिरमा उल्लेखित परिमाण १ घण्टामा पूर्ण रुपमा पाचन हुन्छ । अर्थात थोरै मादिरा, मनग्य समय लगाई सेवन गर्दा स्वस्थ शरिरले सहजै धान्न सक्दछ ।
रक्सीको लतको उपचार कसरी गरिन्छ ?
तत्कालको Alcohol withdrawal बाट बंचाएपछि दिर्घकालिन उपचारको लागि (Treatment for remission)
यो बेलामा यस्तो औषधिको प्रयोग गरिन्छ जसले रक्सि खान मन नलाग्ने, वा खाएपनि रक्सीको पूर्ण मजा लिन नसक्ने वा रक्सि खाँदा शारीरिक समस्या आउने कारणले थप रक्सि खान नसक्ने खालको स्थितिको सिर्जना गर्छ साथै व्यक्तिले लामो समयसम्म रक्सि खाएर मुटु, दिमाग, कलेजो, प्रतिरक्षा प्रणाली आदिमा गरेको हानी नोक्सानीको उपचार पनि साथै गरिन्छ लामो समयसम्म ठुलो मात्रामा रक्सी खाने मानिसले (Alcoholic ले) समयमा खाना खाएका हुँदैनन् खानाबाट पाउने पौष्टिक तत्व (Calories, Electrolytes, Vitamins, etc) रक्सीको अबयिचष्भक ले पूर्ति गर्छन् यस कारणले शरीरको सम्पूर्ण अंग सुक्दै जान्छ मांशपेशी र हाडरजोर्नी खिइएर कम्जोर हुँदा शरीरका महत्वपुर्ण अंगहरु थाक्दै जान्छन राम्रो संग काम गर्दैनन् मुटुले राम्रो संग रगत संचालन गर्न नसक्ने, सानो उचाई बाट लड्दा पनि हात खुटट् भाँचिने आदि समस्या देखिन्छ यदी तपाइले रक्सीको लत छुटाउन औषधोपचार गर्दै गर्दा ज्यान गएको सुन्नु भएको छ भने (खासगरी उपचार शुरु गरेको ५(७ दिन पछि), त्यसको कारण रक्सी खाईरहेकाले खान छोडेकोले भन्दा पनि पहिलेनै रक्सीले शरीरलाई धमिराझैं खोक्रो बनाई सकेको कारणले हुनसक्छ ।
रक्सीमा गहिरो लत लागेकाले लत छाडन दिर्घ उपचारको लागि मनोबैज्ञानिक परामर्श (Motivational enhancement therapy, 12 steps, AA meeting, CBT Therapy, / Skill learning courses अवास्येक पर्छ यस्तो परामर्श र अन्य औषधि उपचारको प्रयोग एकै पटक गर्नु पर्छ उपचारको लागि In-patient treatment (drug rehab type) को आवस्येक पर्छ यस्तो In-patient उपचार कति लामो हुनुपर्छ भन्ने कुरा व्यक्तिको मानसिक स्वास्थ, शारीरिक स्वास्थ, इच्छाशक्ति आदिमा भरपर्छ सामान्य तय ३ देखि १२ महिनासम्म लाग्न सक्छ केहि Therapy Sessions हरुमा घरका परिवारले पनि भाग लिनु पर्छ ।
मदिरा स्वास्थ्यदेखि अनेक सामाजिक, कानुनी समस्याको जड हो । नसर्ने रोगहरुको कारणमा लागू पदार्थ नै मुख्य छ । कानुन तोड्नुपर्दा झन्डै ९० प्रतिशत मानिसले रक्सी खाने गर्छन् । झगडा गर्न, कसैलाई कुट्न, चोर्न जानुपर्दा पहिले रक्सी खाने गर्छन् । लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार हुनुअघि पनि रक्सीको प्रयोग भएको पाइन्छ ।बिहान ६ बजेदेखि अबेर रातिसम्म औषधि पसल खुलेका हुँदैनन् तर थुप्रै रक्सी पसल खुलेका हुन्छन् । औषधि नै नपुगेका दुर्गम स्थानमा पनि रक्सी पुगेको छ । हामी रक्सीको मामलामा धेरै छाडा भएका छौँ । यसले देशलाई धेरै घाटा पु-याइरहेको छ । त्यसैले सरकारले मदिरालाई यति खुकुलोसँग छोड्नुहुँदैन । रक्सीको दुव्र्यसनमै पुगिसकेको अवस्थामा उपचारको आवश्यकता पर्छ । त्यसका लागि परिवारको समझदारी महत्वपूर्ण हुन्छ ।
ई-कर्णाली खबर
२८ असार २०८१, शुक्रबार ११:३८