Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् । आज १६ औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधन बीच खेलाडीहरुले आफ्नो मेहनतले देशलाई नै बिश्वसामु चिनाएको उल्लेख गरे ।

बिद्यालयमा रहेका हरेक विद्यार्थीहरुलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुदाँ खेलकुद महत्वका साथ सधै हेर्नूपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । खेल क्षेत्र लगायतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीतिक दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेशसभा सदस्य खड्ग बहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागी रहेको थियोे । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियोे । सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरुले सहभागिता रहेको छ ।