सिम्तामा जारि राष्ट्रपति रनिङ शिल्डकाे उपाधि वीरेन्द्रनगरलाई
सुर्खेत – सुर्खेत सिम्तामा जारि जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि २९ स्वर्ण २८ रजत र २९ कास्य सहित ८६ पदक प्राप्त गरि पालिका स्तरमा वीरेन्द्रनगर नगरपालिकाले शिल्ड हात पारेको छ। त्यसै गरि १२ स्वर्ण ४ रजत ३ कास्य सहित १९ पदक प्राप्त गरि वराहताल गाउँपालिका उप विजेता वनेकाे छ । आयोजक पालिका सिम्ता गाउँपालिका ५ स्वर्ण ६ रजत र ५ कास्य सहित १६ पदक ल्याइ तेस्रो भएको छ ।
सुर्खेत सिम्तामा फाल्गुन २ गतेदेखि सञ्चालनमा रहेको राष्ट्रपति रनिङ शिल्डकाे आज समापन भएको छ।सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोग र वागेश्वरि मावि राकमकाे सह-आयोजनामा जारि खेलकुद प्रतियोगिताको उक्त क्षेत्रका प्रदेश संसद खड्ग वहादुर पोख्रेल खेलकुद प्रतियोगिता सञ्चालनका लागि विद्यालयकाे फिल्ड निर्माणकार्यमा वजेट विनियोजन गर्ने कार्यमा ठुलो सहयोग गरेका थिए ।
समापन सत्रमा पुरस्कार वितरण गर्दै पोख्रेलले सिम्ताले अन्यसँगसँगै खेलकुदमा समेत ठुलो फठ्काे मारेकाे दावि गरे ।याे सहित जिल्ला स्तरीय खेलकुद तेस्रो पटक सञ्चालन गरेको जनाएको छ ।त्यसै गरि गाउँपालिका अध्यक्ष ऎन वहादुर चन्दले १६ राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि आर्थिक,व्यवस्थापकिय कार्य सहयोग गरेको र खेल अवधिभर विभिन्न रुपमा सहयोग भुमिका निर्भाह गर्ने निकायलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
उपाध्यक्ष गाेमा रेग्मी,सिम्तामा कृयाशिल राजनीति दलिय प्रतिनिधि,जनप्रतिनिधि लगाएतले विजेता,उप विजेता,सान्त्वना हुने र खेलमा सहभागी सबै विद्यार्थीहरुलाइ शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सुर्खेत स्थित ४९ विद्यालयहरु सहभागी भएका थिए । आयोजक विद्यालय वागेश्वरि माविले विभिन्न नृत्य प्रस्तुतिबाट कार्यक्रम शाेभा वढाएको थियोे । विद्यालय तर्फमा एसओएस हर्मन माइनर विरेन्द्रनगर पहिलाे,भेरि मावि तरङ्गा दोस्रो र तेस्रोमा नेरा मावि डाँडा स्कुल विरेन्द्रनगर रहेका छन् । यी स्कुलहरुले पालिकालाई खेल क्षेत्रमा अगाडि सारेका छन् ।
ई-कर्णाली खबर
५ फाल्गुन २०८१, सोमबार ०८:०४