लोकतान्त्रिक निर्माण व्यवसायी संघ कालिकोटको अध्यक्षमा शाही निर्वाचित
कालिकोट – लोकतान्त्रिक निर्माण व्यवसायी संघ कालिकोटको अध्यक्षमा रचेन्द्रबहादुर शाही निर्बाचित भएका छन् । कालिकोटको सदरमुकाम मान्ममा मंगलबार सम्पन्न भएको लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट शाही सर्बसहमत रुपमा अध्यक्षमा निर्बाचित भएका हुन् ।
संघको उपाध्यक्षमा द्धय ऐनबहादुर मल्ल, टेकबहादुर शाही, महासचिव बिश्वराज बम, कोषाध्यक्ष ललिता बिष्ट, उपमहासचिव भीमबहादुर शाही, धर्मबहादुर शाही, सहकोषाध्यक्षमा पर्व ऐडी लगायत १५ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । लोकतान्त्रिक निर्माण व्यवसायी संघका कर्णली प्रदेश संयोजक मोहनप्रकाश आचार्यको सभापतित्वमा नेपाली कांग्रेस कालिकोटका सभापति अम्बबहादुर शाहीको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा सहभागिहरुले तमाम निर्माण व्यवसायीका हक र हितका लागि लड्ने जुजारु संगठनका रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघले काम गर्नुपर्ने बताएका थिए ।
ई-कर्णाली खबर
२१ जेष्ठ २०८२, बुधबार १२:३७