वीरेन्द्रनगरमा ३५ बोरा अबैध जडीबुटीसहित गाडी नियन्त्रण

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क क्षेत्रमा एक गाडीबाट ठूलो मात्रामा अबैध जडीबुटी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भे.१ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि चेकजाँच गर्दा बिना पूर्जी बिल–बिजकको झ्याउजस्तो देखिने ३५ बोरा अबैध जडीबुटी फेला परेको हो ।
बरामद गरिएको जडीबुटीको तौल करिब २ क्विन्टल ९१ केजी १०० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । जडिबुटी कानुन विपरीत तरिकाले संकलन तथा ढुवानी गरिएको आशंकामा उक्त सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइएको जनाइएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









ई-कर्णाली खबर
७ असार २०८२, शनिबार ०८:१७