जुम्लामा बाढीपहिरोले १२ सयभन्दा बढी भेडा बगायो
जुम्ला – जुम्ला जिल्लाको तातोपानी गाउँपालिका – ८ राक्से पाटनमा भेडाको बथानमा बाढीपहिरो गएको छ । बर्षातका कारण आएको बाढीपहिरोले बथान नै बगाएको हो ।
स्थानीय किसान सर्पराज रावतलगायत ८ जनाको भेडाको बथान बाढीपहिरोले बगाएको हो । अहिलेसम्म २२ ओटा भेडा मरेको भेटिएका छन् । अरु भेडाबाख्रा बाढीपहिरोले बेपत्ता बनाएको तातोपानी – ७ का वडाध्यक्ष तिलक रावतले बताए । उनका अनुसार बगाएका भेडाको सङ्ख्या करिब १२ सय वटाको भेडाको बथान रहेको जानकारी प्राप्त भएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तीबाट ५÷६ घण्टा पैदल दूरीमा पश्चिम पर्दछ । प्रहरी टोली खटिने र त्यसपछि मात्र एकिन हुने वडाध्यक्ष रावतले बताए ।
ई-कर्णाली खबर
१८ असार २०८२, बुधबार ०७:४९