बिमामार्फत आगलागी पीडितले पाए २ करोड

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं ३ स्थित टिका ओली स्टोरले बिमामार्फत २ करोड दाबी भुक्तानी पाएको छ । केही महिना अघि भएको आगलागीबाट ठूलो क्षति बेहोरेको टिका ओली स्टोरले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट २ करोड दाबी भुक्तानी पाएका हुन् ।
टिका ओली स्टोरका प्रोप्राइटर टिकाबहादुर ओलीले आफ्नो मार्टमा आगलागी भएर व्यवसाय बन्द गर्नु पर्ने अवस्था आएका बेला बिमा कम्पनीले २ करोड क्षतीपुर्ति उपलब्ध गराएर ठुलो राहत दिएको बताए । उनले सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बिमा गरेकाले आगलागीबाट भएको क्षतिको पुर्ण क्षेतिपुर्ति हुन नसकेपनि पुन व्यवासइ संचालनका लागि २ करोड रुपैयाँ आफ्नो लागि बरदान भएको बताए । २०८२ साल वैशाख २५ गते टिकाबहादुर ओलीको गोदाममा आगलागी भएको थियो । आगलागीबाट गोदाममा रहेका सामानहरु पूर्ण रूपमा नष्ट भएका थिए । जसले व्यवसायमा गम्भीर असर पारेको थियो ।
बीमा दाबी प्रक्रिया पूरा गरी भुक्तानी गरिएको जानकारी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सका दाबी विभाग प्रमुख नवराज पराजुलीले दिएका छन् । उनका अनुसार घटनाको पूर्ण मूल्यांकन, कागजात परीक्षण तथा प्रक्रिया पुरा गरेपछि क्षतीपुर्ति बापत २ करोड रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरिएको हो । बीमा रकम प्राप्त भएपछि प्रोप्राइटर ओलीले आफ्नो व्यवसाय फेरि उकास्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यस्तो कठिन समयमा इन्स्योरेन्स कम्पनीबाट प्राप्त क्षतीपुर्ति अत्यन्तै महत्वपूर्ण रह्यो । यसले मलाई पुनः व्यवसायमा निरन्तरता दिन हौसला दिएको छ ।
सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले यस्ता आकस्मिक घटनामा परेका बीमितहरूको समस्या समाधानमा सधैं अग्रसर रहने इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख राकेश बिसीले बताए । उनका अनुसार व्यवसायिक जिबनमा आउने सम्भावित जोखिमहरु कम गर्न सबै व्यवसायीहरुले बिमा गर्न जरुरी छ । त्यसका लागि सबै सरोकारवालाहरुले सचेतना जोगाउन आबश्यक छ । सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष सिंहराज बमले बिमा कम्पनी र व्यवसायी बीच बिमाबाट हुने लाभका बिषयमा अन्तरक्रिया गर्नु आवश्यक रहेको बताए । बिमाले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारीको अभाव हुँदा व्यवसायमा आउने यस्ता सम्भावित जोखिमका बेला व्यवसायीले लाभ लिन नसकिरहेको उनको भनाई छ ।









ई-कर्णाली खबर
१४ श्रावण २०८२, बुधबार १८:२३