मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ, यस्तो छ आजको मौसम

काठमाडौं – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। फलस्वरुप नेपालमा मनसुन केही कमजोर हुने देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









ई-कर्णाली खबर
३० श्रावण २०८२, शुक्रबार ०९:३६