Loading... आजः ३० कार्तिक २०८२, आईतवार

स्किल स्पार्क च्यान्पियनसीप–२०२५ का टप १४ जनाको टोली सार्वजनिक


काठ्माण्डौ – स्किल स्पार्क च्यान्पियनसीप–२०२५ का टप १४ जनाको टोली सार्वजनिक गरिएको छ । छोरी उदयको आयोजना रहेको स्किलस्पार्क च्यान्पियनसीप–२०२५ मा छनौट भएका टप १४ जनाको नामावली सार्वजनिक गरिएको हो ।
‘An Educated Women, A Transformed Nation’ भन्ने विषयमा स्किलस्पार्क च्याम्पियनसीप–२०२५ भिडियो प्रतियोगितामा सहभागीहरुमध्ये उत्कृष्ट १४ जनाको छनौट भएको छोरी उदयका अध्यक्ष भाष्कर पन्तले बताए । उनका अनुसार टिम राइज चेतना, टिम द शर्मा स्टुडियो, टिम आशा, टिम कुशुम रेग्मी, टिम प्रशान्त सापकोटा, टिम नमस्ते, टिम प्रकाश थापा, टिम सोसल आन्ट्स, टिम बटरफ्लाई, टिम निशु जोशी, टिम स्मृति बसेल, टिम प्रतिभा, टिम भिज्युअल भाइव, टिम सनम ससंकार टप १४ मा छनौट भएका छन । क्रियटिभ व्यक्तिहरूलाई एउटा राष्ट्रियस्तरको प्लेटफर्म प्रदान गर्ने र समाजमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित यो च्यान्पियनसीपको आयोजना गरिएको अध्यक्ष पन्तले बताए । संगम महत, सिर्जना श्रेष्ठ, अस्मिता लामिछाने, र शंकर कार्की सहितको ४ जना जुरी समितिले भिडियोको गुणस्तर, रचानात्मकता र थिमसँगको अलाइमेन्ट र भ्युजलाई ध्यानमा राखेर मूल्यांकन गरि उत्कृष्ट १४ को छनौट गरिएको हो । उत्कृष्ट १४ जनाको टिमलाई भदौ २८ गते काठमाडौंमा हुने छोरी उदय फोरममा आमन्त्रण गरीे उनिहरुले उक्त फोरममा भिडियो बनाउँदाको अनुभव सहितको एउटा प्रस्तुती दिनेछन् । त्यहाँ उत्कृष्ट ३ मध्ये प्रथम, द्धितृय र तृतिय हुने व्यक्ति वा टिमलाई क्रमश ५० हजार, ३५ हजार, २० हजार नगद पुरस्कार सहित ट्रफी, सम्मानपत्र गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सहभागी अन्य व्यक्ति एवम् टिमलाई समेत डिजिटल प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।