किसान महासंघ कर्णालीमा धाँदली, प्रतिनिधिको नामावलीमा खड्का समुहको बदमासी

सुर्खेत – नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा धाँदली भएको भन्दै शेखर कोईराला समुहले बहिस्कार गरेको छ । नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सुर्खेत जिल्लाका क्षेत्र नं १ र २ का क्षेत्रीय सभापति सहित ६३ जना प्रतिनिधिहरुको नाम परिवर्तन गरी देउवा समुहका नेता पुर्णबहादुर खड्का समुहले बदमासी गरेको भन्दै कांग्रेसको संस्थापन इतर शेखर समुहले अधिवेशन बहिस्कार गरेको हो ।
गत साउन २२ गते किसान महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गरियो । जसमा दुवै पक्षका नेताहरु सहभागि भएको थिए । अधिवेशन उद्घाटन गरी निर्बाचन प्रक्रियामा जाँदा देउवा समुहका नेता पुर्णबहादुर खड्का समुहले आफ्नो हार निश्चित देखेपछि निर्बाचन प्रक्रियाबाट भाग्यो । निर्बाचन समितिले नेपाल किसान महासंघ कर्णालीका अध्यक्ष नरसिंह मल्ललाई अध्यक्षमा अरु कसैले उम्मेद्वारी नहालेपछि सिधै घोषणा गरिदियो । तर उक्त निर्णय कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले स्वीकार नगरी केन्द्रीय निर्देशक समितिबाट नयाँ निर्बाचित नरसिंह मल्ल नेतृत्वको कार्यसमिति खारेज गर्न लगाए । पुन भदौ १४ गते निर्बाचन तोकियो ।
नेपाली कांग्रेस सुर्खेतका पुर्व पार्टी सभापति कमलराज रेग्मीले भने, नेपाल किसान महासंघ कर्णाली प्रदेश अधिवेशनमा गत साउन २२ गते निर्बाचन भईसकेको थियो । तर पार्टीका केही नेताहरुले आफ्ना गोजिका मानिसहरुको स्वार्थ पुरा नहुने भएपछि अधिवेशन जबरजस्ती भाँड्न लगाए । तर अहिले उनीहरुले नै निर्बाचन समितिका केही व्यक्तिहरुसँग मिलेर अवैध प्रतिनिधि खडा गरी एक्लौटी अधिवेशन कब्जा गरे । अधिवेशन पार्टीले मान्दैन् । किसान महासंघमा रहेका बहुमत प्रतिनिधिहरुको निष्पक्ष प्रतिस्पर्धामा नेतृत्व चयन हुनुपर्छ ।
के भयो किसान महासंघमा ?
नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कर्णाली प्रदेशमा शेखर समुहको बाहुल्यता छ । त्यो कुरा पार्टीको संस्थापन देउवा समुहलाई मन परेन् । नरसिंह मल्ल नेतृत्वको किसान महासंघको तदर्थ समितिले प्रथम प्रदेश अधिवेशन तयारी ग¥यो । गत साउन २२ गते अधिवेशन तोक्यो । अधिवेशन उद्घाटन पनि भयो । तर निर्बाचन प्रक्रियामा देउवा समुहका नेता पुर्णबहादुर खड्का समुहले आफ्नो अनुकुल नहुने देखेपछि अधिवेशनमा भाग लिएन् । निर्बाचन समितिले किसान महासंघ प्रदेशको तदर्थ समितिका अध्यक्ष नरसिंह मल्लकै नेतृत्वमा सर्बसहमतिमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो । तर उक्त समितिलाई खड्का समुहले नमानेर केन्द्रमा शक्ति लगाई उक्त कार्यसमितिलाई मान्यता दिईएन् । पुन भदौ १४ गते निर्बाचन तोक्यो ।
पुन निर्बाचन तोकेको समयमा नरसिंह मल्ल समुह निर्बाचन फेस गर्न तयार नै थियो । देउवा समुह अर्थात कर्णालीमा खड्का समुहबाट किसान महासंघ कर्णाली प्रदेश अध्यक्षका लागि कोकिला सहकारी उम्मेद्वारका रुपमा अगाडी बढाईएको थियो । भदौ १४ गते हुने निर्बाचनमा जब निर्बाचनको कार्यतालिका अनुसार मतदाता नामाबलीको नाम प्रकाशीत भयो । त्यसपछि शेखर समुह तर्सियो । जसको कारण थियो । नेपाली किसान महासंघ कर्णाली प्रदेश तदर्थ कार्यसमितिका २६ जना पादाधिकारी तथा सदस्यहरुको ठाँउमा खड्का समुहले आफ्ना गोजिका मान्छेहरु राख्यो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले भने, पार्टीको भातृसंस्थाको अधिवेशनमा कर्णालीमा खड्का समुहले जुन आचरण देखायो । त्यो पार्टी र लोकतान्त्रीक विधि, पद्धतिको बर्खिलापमा थियो । प्रदेश कार्यसमितिमा भएका २६ जनाको नाम काटेर आफ्नो अनुकुलका मानिसहरु राखियो । सुर्खेत जिल्लाका क्षेत्र नं. १ र २ का क्षेत्रीय सभापतिहरु खिमबहादुर वली र कृष्ण तिमिल्सेना थिए । तर अधिवेशनको मतदाता नामावली आउदा खिमबहादुर वलीको ठाँउमा गंगा सारु र कृष्ण तिमिल्सेनाको ठाँउमा रामबहादुर गौतम राखियो । उनीहरु सहित २७ जना मतदाताहरुको नाम परिवर्तन गरियो । त्यसका साथै प्रदेश कार्यसमितिका अध्यक्ष नरसिंह मल्ले मनोनित गर्ने १० जना प्रतिनिधिहरुको नाम नामावलीमा समावेश नै गरिएन् । त्यसपछि अधिवेशन स्थलमा विबाद भयो । फर्जि मतदाता हालेर भएको बिबादका कारण निर्बाचन स्थिगित गर्नका लागि केन्द्रीय प्रतिनिधि कविराज रेग्मीले अधिवेशन केन्द्य्रीय निर्देक समितिमा उजुरी दिए । उक्त असहमतिका बापजुत पनि सुर्खेतमा खड्का समुहले प्रहरीको लाईन लगाएर निर्बाचन प्रक्रिया कब्जा गरी निर्बाचन गरायो । उक्त निर्बाचन प्रक्रियामा बिज्ञाप्ती निकालेर शेखर कोईराला समुहका नरसिंह मल्ल नेतृत्वको समुहले भाग लिएन् । बहिस्कार ग¥यो ।
तर किसान महासंघको नेतृत्वले नै निर्बाचन प्रक्रियामा भाग नलिएपनि खड्का समुहले प्रहरीको बल प्रयोग गरेर निर्बाचन गरायो । उक्त निर्बाचन प्रक्रियाको बिरुद्धमा शेखर समुहका नेता नरसिंह मल्ले नेतृत्वको समुहले समानान्तर समिति नै बनायो । जसमा उपाध्यक्षमा देविसरा केसी, उमाकान्त धमाला, सचिवमा खेमराज रोकाया, सहसचिवमा नरबहादुर रोकाया लगायत २५ सदस्य कार्यसमिति गठन गरेको छ । जसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जानकि सिंह, प्रदेश उपसभापति कालीबहादुर सहकारी, सहमहामन्त्री उपेन्द्र थापा, केन्द्रीय प्रतिनिधि कविराज रेग्मी सहितको हस्ताक्षेर पनि छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जानकी सिंह, कर्णाली प्रदेश उपसभापति कालिबहादुर सहकारी, सहमहामन्त्री उपेन्द्र थापा र केन्द्रीय प्रतिनिधि कविराज रेग्मीको रोहवरमा नरसिंह मल्लको अध्यक्ष रहेको कमिटि घोषणा गरिएको हो ।
मल्ल नेतृत्वको समूहले १ सय ८८ सदस्य मध्ये ९९ जनाको स्पष्ट समर्थन प्राप्त भएको बताउँदै आफूहरुकै समूह नै वैधानिक र आधिकारिक भएको दाबी गरेको छ । यसअघि गठन भएको कमिटीमा गैरसदस्यलाई सहभागी गराएर बनाइएको भन्दै अध्यक्ष मल्लले अर्को कमिटी अस्वीकार्य मात्र नभई पूर्ण रूपमा अवैध रहेको बताए । मल्ल पक्षले निर्वाचनमा प्रयोग भएको मतदाता नामावली नै फर्जी रहेको आरोप लगाएको छ । उनीहरूले उपलब्ध गराएको नामावलीमा ६३ जनाको नाम एकलौटी ढंगले परिवर्तन गरिएको उल्लेख गर्दै वास्तविक सदस्यहरूको नाम काटेर सदस्य नै नभएकालाई सूचिमा राखिएको दाबी गरेका छन् ।
नामावली सच्याउन लेखित निवेदन दिइए पनि निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले नमानेको भन्दै उनीहरूले त्यसलाई धाँधली र पूर्वनियोजित योजना बनाएको आरोप लगाए । मल्लले वास्तविक सदस्यको नाम हटाएर गैर सदस्य राखिएको निर्वाचनलाई वैधानिक मान्न नसकिएकाले आफुहरुले बनाएको समिति नै आधारिकारिक भएकाले भ्रममा नपर्न आग्रह गरे । यसअघि केन्द्रीय प्रतिनिधि कविराज रेग्मीले मतदाता नामावलीकै विषयमा असहमति जनाउँदै मतदाता नामवली सच्चाउनु पर्ने फर्जी मतदाता हटाउनुपर्ने माग गरेका थिए । तर असहमति बेवास्ता गर्दै चुनाव गराइएको भन्दै मल्ल समूहले निर्वाचन समितिमाथि धाँधली गरेको आरोप लगाएको छ ।
तर खड्का समुहबाट अध्यक्षकी उम्मेद्वार रहेकी कोकिला सहकारीको नेतृत्वको कार्यसमितिले हिजो नै आफुहरु निर्बाचित भएको घोषणा गरिएको थियो । उक्त समितिले समेत आफुहरु नै आधिकारिक भएको बताउँदै आफुहरुमाथी लगाइएका आरोप निराधार रहेको बताएको छ ।









ई-कर्णाली खबर
१५ भाद्र २०८२, आईतवार १९:३८