Loading... आजः ३० कार्तिक २०८२, आईतवार

कर्णालीमा हामी बनाउछौँ, हाम्रो बिद्यालय अभियान


सुर्खेत – कर्णालीमा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरका साथै व्यवस्थापनमा सुधार गर्न हामी बनाउछौँ, हाम्रो बिद्यालय अभियान थालिएको छ । सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश समितिको अगुवाईमा सामुदायिक बिद्यालयको शैक्षिक तथा प्राशासनिक सुधारका लागि उक्त अभियान थालिएको हो ।
सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ कर्णालीले हामी बनाउछौँ, हाम्रो बिद्यालय अभियान अन्तरगत कर्णाली प्रदेशका १० वटै जिल्लाका सामुदायिक बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सुर्खेतमा भेला आयोजना गरेको छ । भेलामा प्रदेश सरकार, गाँउपालिका महासंघ, नगरपालिका संघ लगायत अन्य शैक्षिक सरोकारवालाहरुको सहभागितामा कर्णालीको सामुदायिक बिद्यालयको शैक्षिक सुधारका सवालहरुका बिषयमा छलफल गर्न लागिएको हो ।
सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोबिन्द कोईरालाले हाम्रो परिकल्पना साक्षर कर्णाली, समृद्ध नेपाल रहेको बताउदै कर्णालीका शैक्षिक सवालहरुका बारेमा छलफल आबश्यक ठानेको बताए । उनले भने, ‘सामुदायिक बिद्यालय व्यवस्थापन समितिहरुको बैठक बस्नकै लागि समस्या भईरहेको अवस्था छ । कानुनी, आर्थिक, सामाजिक तथा अन्इ श्रोत साधनका हिसावले बिद्यालय व्यवस्थापन समितिहरु कम्जोर बनाईएको छ । यसले सामुदायिक बिद्यालयको गुणस्तर सुधार नभई थप समस्या सिर्जना गर्ने अवस्था आएको छ । यसका बिषयमा हामी सबै सरोकारवाला निकायहरु एकै ठाँउमा बसेर छलफल गरी ठोष निचोट निकाल्ने र सम्बन्धित निकायको ध्यनाकर्षण गराउने हाम्रो उद्देश्य हो ।’
सामुदायिक बिद्यालय व्यवस्थापन समितिको प्रदेश स्तरीय कार्यशालालाई उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बिद्यालय व्यवस्थापन समिति सक्रिय नहुँदा बिद्यालयको समग्र पक्षको सुधार गर्न नसकिने बताए । उनले भने, ‘हामीले बिद्यालयमा १२ कक्षा पास गरेर बिदेश जाने त कोहीले सरकारले केही गरेन भनेर गाली गर्ने जनशक्ति उत्पादन गरिरहेका छौँ । यस बिषयमा बिद्यालय व्यवस्थापन समितिको पनि भुमिका छ । असल संस्कार सहितको शिक्षा, कर्मशील जनशक्ति उत्पादन गर्ने भन्दा पनि खाली अधिकारको पैरवी गर्ने भनेर गैरसरकारी निकायहरुले पनि गाली गर्ने वातावरण बनाईरहेका छन् । हाम्रो समाजलाई सकारात्मक बनाउन र आफ्नै भुमीमा भबिश्य देखाउन सबै सरोकारवालाको भुमिका आवश्यक छ ।’
कार्यक्रममा नगरपालिका संघ कर्णाली प्रदेशका अध्यक्ष एवं गुर्भाकोट नगरपालिका प्रमूख हष्तबहादुर पुनले कर्णालीमा सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था नाजुक रहेको बताउदै त्यसलाई सुधार गर्न सबैको चासो र चिन्ता आवश्यक रहेको बताए । उनले भने, ‘शिक्षको गुणस्तर सुधार भएन मात्र भनेर हुँदैन् । कतिपय बिद्यालयहरुमा शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिको सक्रियतामा राम्रो सुधार गरेर देखाउनुभएको छ । तर अधिकांश बिद्यालयहरुको शैक्षिक अवस्था कम्जोर भईरहेको छ । यो सबैको चिन्ताको बिषय हो ।’ कार्यक्रममा गाँउपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष एवं सल्यान दार्मा गाँउपालिका अध्यक्ष निमबहादुर केसीले बिद्यालय व्यवस्थापन समितिलाई थप अधिकारसम्पन्न बनाई सक्रिय बनाउने हो भने बिद्यालयको शैक्षिक सुधार गर्न सकिने बताए । उनले अवको शिक्षा जीवन उपयोगी र व्यवहारिक पनि हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघका बरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल लगायतका वक्ताहरुले सामुदायिक बिद्यालयलाई सरकारले बजेट तथा जनशक्ति व्यवस्थापनमा अभाव बनाएकै कारण बिद्यालयको शैक्षिक सुधार जटिल बनेको बताए । दुई दिनसम्म संचालन हुने कार्यक्रममा कर्णालीका शैक्षिक सवालका बिषयमा छलफल, सामुदायिक बिद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा कर्णाली घोषणा पत्र समेत जारी गर्ने आयोजकले जनाएको छ ।