Loading... आजः ३० कार्तिक २०८२, आईतवार

सुर्खेतमा प्रहरीको ज्याजति, पीडित पुगे मानवअधिकार आयोगमा


सुर्खेत – सुर्खेत प्रहरीका बिरुद्धमा पीडितहरु मानवअधिकार आयोगमा पुगेका छन् । प्रहरीले न्यूनतम मानवअधिकार हनन् गर्नेगरी वीरेन्द्रनगर नगरपालिकामा भएको शिक्षक तथा बिद्यालय व्यवस्थापन समितिहरुले गरेको आन्दोलनमा कुटपीट गरेको भन्दै पीडितहरु मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।
आईतबार वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखामा आन्दोलनका क्रममा ताला लगाउन गएका कृष्णसाधारण माविका अभिभावक बखतबहादुर शाहीलाई प्रहरीले हातमा हतकडी लगाई अति सम्वेदनशीत अंगलमा प्राहार गरी सक्त घाईते बनाए । जिल्ला प्रहरी कार्यालय निमित्त प्रमूख मोहनजंग थापाको निर्देशनमा नगरप्रहरी प्रमूख राजन भट्टराई सहितको प्रहरीले टोलीले आफुलाई हातमा हतकडी लगाएर कुटपीट गरी अति सम्वेदनशील गलमा गम्भीर चोट लागेको शाहीले बताए । उनले स्थानिय माया नसिंङहोममा उपचार गराईरहेका छन् । हातमा हतकडी लगाएर न्यूनतम मानवअधिकार हनन् हुनेगरी कुटपीट गरेको भन्दै उनले सुर्खेत स्थित मानवधिकार आयोगमा उजुरी दिएका छन् । उनले मानवअधिकार आयोगसँगै प्रदेश प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरमा समेत उजुरी दिएको बताए ।
शाहीले भनेर्, म शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थिए । प्रहरीले ठुलै अपराधि झैँ व्यवहार गर्दै हत्कडी लगायो र संवेदनशील अंगमा प्रहार ग¥यो । प्रहरीले अनावश्यक बल प्रयोग गरी मानवीय अधिकारको उल्लंघन गरेको छ ।’ घटनापछि स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रहरीको कारबाहीप्रति आपत्ति जनाएका छन । सामुदायिक बिद्यालय महासंघ, नेपाल शिक्षक संघ लगायतका आन्दोलनरथ सरोकारवालाहरुले कानूनको शासनमा विश्वास राख्दै शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकमाथि यसरी बल प्रयोग गर्नु प्रहरीको ज्याजति भएको बताएका छन् । उनीहरुले विज्ञाप्ती निकाल्दै मानव अधिकारकर्मीहरूले यो घटना राज्य संयन्त्रले जिम्मेवारीपूर्वक व्यवहार गर्न नसकेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
शिक्षक सरुवामा नगरपालिकाले बिभेद गरेको र पाँच बर्षका लागि नियुक्त भएका प्रधानाध्यापकहरुलाई एक बर्षमै पदबाट हटाएको बिरुद्धमा वीरेन्द्रनगरका शिक्षक तथा अभिभावकहरु आन्दोलित भएका थिए । उक्त घटनाको निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय सुनिश्चित गर्न सरकार, प्रहरी प्रशासन र मानव अधिकार आयोगलाई सरोकारवालाहरुले आग्रह गरेका छन् । यता नगरपालिकाले बिद्यार्थी संख्या, बिद्यालयका आवश्यकता र नगर शिक्षा ऐनलाई टेकेर शिक्षकहरुको सरुवा र दरबन्दी मिलान गरिएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमूख मोहनमाया ढकालले सोमबार पत्रकार सम्मेलन गर्दै आफुहरुले शिक्षक सरुवा र दरबन्दी मिलानमा अन्याय नगरेको दाबी गरिन् ।
यस्तै केही दिन अगाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं ८ निवासी दिपबहादुर बुढाले आफुलाई गैरकानुनी रुपमा हिराशतमा राखेको भन्दै सुर्खेत प्रहरीका बिरुद्ध प्रदेश प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा उजुरी गरेका थिए । उनका अनुसार आफ्नो साथिले भारतमा आफुसँगको सामान्य विबादमा चोरीको आरोप लगाएको, आरोप लगाउने व्यक्तिको श्रीमति जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भएकै कारण पुहँचका आधारमा आफुलाई अबद्र व्यवहारमा प्रहरीले मुद्धा चलाई हिरासत राख्यो । उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नागरिकहरु अनावश्यक रुपमा पीडित हुने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमूख डिएसपी मोहनजंग थापालाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । प्रदेश प्रहरी कार्यालयका प्रमूख माधव श्रेष्ठले प्रहरीले मानवअधिकारको पुर्ण संरक्षण गर्ने बताए । उनका अनुसार वीरेन्द्रनगरमा भएको शिक्षक तथा अभिभावकहरुको आन्दोलनमा प्रहरीले सामान्य रुपमा धरपकट गरेको हो । तर मानवअधिकार उलंघन गरेको होला भन्ने मलाई लाग्दैन् । यदी त्यसो हो भने प्रहरीले छानबिन गर्छ । छानबिनका क्रममा मानवअधिकार हनन् भएको पाईए प्रहरीलाई पनि कारबाही हुन्छ ।