Loading... आजः १५ बैशाख २०८१, शनिबार

बरु मर्न तयार छु, सत्याग्रह रोक्दैन् :डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो सत्याग्रह सरकारको जस्तोसुकै दमनले पनि रोक्न नसक्ने बताएका छन् । उनले भने,‘ जुम्ला पुगेदेखि सरकारले दमन गरिरहेको छ । सत्याग्रह हुन नदिने षडयन्त्र गरिरहेको छ । तर म मर्न तयार हुुनेछु । जनताको स्वास्थ्य क्षेत्रलाई धरासयी हुन दिदैन् । सत्याग्रह गरेर छाड्छु ।
डा. केसी दुई महिना देखि कर्णालीमा छन् । कर्णालीका दुरदराजमा पुगेर जनतालाई स्वास्थ्य सेवा दिने, स्वास्थ्यकर्मीलाई हौसला, उत्प्रेरण दिदै आफ्नो चिकित्सकीय अनुभव साटने कार्य गरिरहेका छन् ।  जिल्लाको सिँजा क्षेत्रबाट सदरमुकाम खलंगा फर्केका डा. केसीले सरकारी दमनले कुनै पनि बेला सत्याग्रह बस्ने हिम्मत दिइरहेको प्रतिक्रिया दिए ।
 स्वास्थ्य क्षेत्र सुधारका लागि गरिने सत्याग्रहलाई कुनै पनि शक्तिले तुहाउन नसक्ने बताए । मेरो सत्याग्रह कसैले तोडेर तोडिदैन् । प्रधानमन्त्री ओली नै सत्याग्रह तुहाउन जुम्ला आइपुगेपनि सत्याग्रह रोकिदैन् । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि नै जनतालाई शोषण गरिरहेका छन् । उनीहरुलाई सत्याग्रहबाट गतिलो जवाफ दिनेछु, डा. केसीले बताए ।
सत्याग्रह व्यक्तिगत स्वार्थका लागि होइन् । जनताको माग संवोधन गर्न ज्यान समर्पण गरिएको छ । जनताको आवाज कसैले रोकेर रोकिदैन् । आफ्ना समर्थक र पत्रकारलाई समेत सरकारले हत्तोसाहित बनाइरहेको आरोप डा. केसीको छ । शिक्षा र स्वास्थ्य जस्तो सेवामुलक संस्थामा ब्यापार गर्न हुन्न, सर्वसाधरण नागरिकले उपचार पाउनुपर्छ । सामान्य नागरिकले स्वास्थ्य शिक्षा पाउने गरि व्यवस्था हुनुपर्छ भन्नेमा मेरो सत्याग्रह हो । डा. केसीले थपे,‘कसैले जे प्रयोग गरुन । जस्तो सुकै दमन गरुन । सत्याग्रह बसेर छाड्छु । जनताको जीत नहुँदा सम्म सत्याग्रह जारी नै रहन्छ । सरकारले यसअघि भएका सम्झौता कार्यन्वयन नगर्दा सम्म सत्याग्रह रोकिदैन् । ’
जुम्ला आइपुगेपछि पहिले सम्झौता भएका माग संवोधनका लागि तीन पटक अवसर दिए । सरकार हचकिदैन् । न माग संबोधनका लागि चासो राखेको छ । नत कुनै बार्ता गर्ने बातावरण तयार गरेको छ । अहिले सम्म पेलेर लैजाने नीति लिइएको छ । यो डनप्रबृत्तिलाई जनताले राम्रो जवाफ फर्काउनेछन् । डा. केसीले केपी ओली सरकार अपराधी, भष्ट्रचारीलाई खुलेआम घुमफिर गर्न दिइरहेको बताउँदै जनताको स्वास्थ्य क्षेत्र सुधार्न थालिएको आन्दोलन दबाउन गरिरहेको कसरत हास्यास्पद भएको बताए ।
डा. केसीले भने,‘सरकारले मानिसक रुपमा तनाव दिएर, प्रहरी प्रशासनल लगाएर जनताको हकअधिकार कुण्ठित गर्न खोज्दैछ । यो सम्भव छैन् । ’