Loading... आजः १७ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिदै

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मुख्यमन्त्री नलिई राजीनामा दिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर पदबाट राजीनामा दिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उनका अनुसार केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिन लागेका हुन । अब मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने भएका छन् ।