Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णाली प्रदेश सरकारमा माओबादलीबाट परियार मन्त्रि नियुक्त

सुर्खेत – कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्री नियुक्त भएका छन् । सरकार गठन भएको १५ दिनपछि प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा माओबादी केन्द्रबाट प्रदेश सांसद रनसिंह परियार मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्री परियारले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका हुन् । मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक पनि हुन् । गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गरेका गरेका छन् । सत्ता साझेदार दलबीच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन ढिलाई भएको भन्दै सबत्र आलोचना समेत भएको थियो ।
मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि बुधबार माओबादी कन्द्रबाट मन्त्री नियुक्त भएका हुन् । बाकीँ मन्त्रीको सपथ बिहिवार मुख्यमन्त्रीले बिस्वासको मत लिएपछी बिस्तार हुने जनाईएको छ । श्रोतका अनुसार दुबै दलमा को कसलाई सरकारमा पढाउने भन्ने बिषयमा छलफल भईरहेको छ । मन्त्री बन्नका लागि एमाले र माओबादी केन्द्रका सांसदहरु पार्टी नेतृत्वमा लविङ त्रिब्र बनाईरहेका छन् ।