Loading... आजः १३ बैशाख २०८१, बिहीबार

कालिकोटमा कोरोना बिशेष अस्पताल संचालन

कालिकोट । कालिकोटमा भेन्टीलेटर र आईसीयू सेवा सहितको कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । कर्णाली प्रदेश सरकारको झण्डै १ करोड ६० लाखको लागत तथा बिभिन्न दाताहरुको सहयोगमा सुविधा सम्पन्न कोरोना बिशेष अस्पताल आईतबारदेखी संचालनमा आएको हो ।
आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त कोरोना बिेष अस्पतालको औपचारीक रुपमा उद्घाटन गरी संचालनमा ल्याईएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि जिल्लामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन जिल्ला सदरमुकाममा रहेको एकिकृत भवनमा कोरोना बिशेष अस्पताल संचालन गरिएको छ । जसमा एक भेन्टीलेटर सहित ५ वटा आईसीयू सेवा सञ्चालनमा आएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष (आइसीयू) सेवा सञ्चालन गरिएको हो ।
अस्पताल उद्घाटन कार्यक्रममा डा. बिज्ञान प्रजापतीले ५४ बेडको यस कोरोना बिषेश अस्पतालमा एउटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू, ३ वटा कृतिम अक्सीजन दिने मेसिन सहितको सेवा सञ्चालनमा ल्याइएको बताए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए । हाल यस अस्पतालमा १३ जना कोरोना संक्रमितहरु भर्ना गरिएको छ । प्रदेश सरकारको एक करोड ६० लाख बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याइएको हो । डा. प्रजापतीका अनुसार नेपाली कांग्रेसका नेता राजिवबिक्रम शाहाले पनि धेरै उपकरणहरु सहयोग गर्नुभएको छ । हाल यस अस्पतालमा जनशक्तिmको अभाव छ । बिरामी ५० जनासम्म पुग्ने अवस्था भएपछि ५८ जना डाक्टर सहितको जनशक्ति आवश्यक छ । हाल ३० जना जति जिल्ला अस्पताल, स्थानिय पालिकाबाट काजमा लिएका स्वास्थकर्मीहरुको व्यवस्थापन भएको छ ।
अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरसको महामारी रोकथाम तथा नागरिकले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गरिने बताए । उनले अब कर्णलीका कुनै पनि जिल्लामा नागरिकहरुले सामान्य बिरामको उपचार गर्न जिल्ला बाहिर गएर धेरै खर्च गर्नु नपर्ने बताए । उनले भने, ‘कर्णालीमा सर्बसाधारणले बिरामको उपचार गर्न घर खेत बेच्नु पर्ने अवस्था थियो । अब त्यसो गर्नु पर्दैन् । हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल संचालन गरी नागरिकले जटिल प्रकारको रोग लाग्दा पनि जिल्लामै उपचार सेवा पाउने बाताबरण बनाएका छौँ ।’ कोरोनाबाट जोगिन र व्यक्तिगत तथा घरायसी सरसफाईमा जोड् दिदै सबै नागरिकहरु सचित भएर काम गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष धनजित शाही, नेपाली कांग्रेसका नेता दमन शाही, नेमकिपाका नेता नन्दबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटी लगायतका वक्ताहरुले जिल्लामा भेन्टीलेटर, आईसीयू सेवा सहितको कोरोना बिशेष अस्पताल संचालनसँगै जिल्लाको स्वास्थ्य सेवामा ठुलो उपलब्धी भएको बताए । उनीहरुले प्रदेश सरकारकै सहयोगमा संचालन भएको यो अस्पताललाई दश जनशक्ति र अन्य व्यवस्थापनमा पनि थप सुधार गर्न सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।