Loading... आजः १४ बैशाख २०८१, शुक्रबार
निरन्तर बर्षाले गर्दा नदिमा बहाब बढ्याे

कर्णाली नदीको फेरी बगाए, जितेबजार उच्च जाेखिममा

कालीकोट – शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी बगाएको छ । करिडोर निर्माणका लागि सामान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते बजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो ।

स्थानीय कमल मल्लले फेरीसँगै जिते हाट बजारका पाँच वटा शौचालय बगाएकाले थप वर्षा भए बजार नै बगाउने खतरा रहेको वताए । उनले भन्, कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको बहाब उच्च रहेको छ । जसरी तिला नदीमा पानीको मात्रा बढेको छ, त्यसरी कर्णाली नदीमा बढेमा जिते बजार पूरै बगाउने बताए । जिते बजार कर्णाली र तिला नदीको दोभानमा छ । पुलको एक तर्फीको लठ्ठामा समेत पानी पुगेको मल्लले वताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बजारका ब्यापारीलाई छिटो अन्यत्र जान भनेको र प्रहरी नेपाली सेनालाई परिचालन गरेको बताए । प्रजिअ आचार्यले केही घन्टा यस्तै पानी परिरहेमा बजार पूरै बगाउने वताए । फेरी बगेको छ । नदीको किनारमा बाँधेर राखेको फेरीलाई समेत बगाएकाले पानीको बहाब निकै वढिरहेको बताए ।

बाढीले कर्णाली करिडोर पूरै अवरोध भएको छ । ठाउँ ठाउँमा पहिरो आएकाले करिडोर पूरै अवरोध भएको स्थानीयले बताएका छन । पचालझरना गाउँपालिका वडा नं १ को सिकु गाउँ पूरै जोखिममा छ। साविकको बदालकोट गाविस वडा नं ७ को सिकुगाउँका तीन वटा घर भत्किएका छन् भने अरु वस्ती नै उच्च जोखिमा रहेको स्थानीय पवन शाहीले वताए ।